महरा–पोखरेलले चीनको छात्रवृत्ती आफ्ना छोराछोरीलाई दिएको खुलासा (तथ्यसहित)

काठमाडौं । दाङ जिल्लामा प्रतिनिधि सभा र प्रदेशमा उम्मेदवार बनेका माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा र नेकपा (एमाले)का नेता शंकर पोखरेललाई जिताउन चीनले भित्रभित्रै गोप्य योजना बनाएको खुलासा भएको छ ।

नेताद्वय महरा र पोखरेलको चीनसँग घनिष्ठ सम्बन्ध छ । संयोग नै मान्नुपर्छ । एमालेका नेता पोखरेलले आफ्नो निर्वाचन क्षेत्र दाङको २ नं. क्षेत्र छाडेर महरालाई दिएका छन् । पोखरेल आफू तल झरेर प्रदेशतर्फ उम्मेदवार बनेका छन् ।

केही वर्ष अगाडि माओवादी नेता महराले चीनसँग करोडौँ रुपियाँ मागेको टेलिफोन वार्तालाप लिक भएको थियो । चीनसँग पैसा मागेको कुरा महराले सोही बेला नै स्वीकार गरेका थिए । त्यति मात्रै होइन महरा परराष्ट्रमन्त्री बनेका बेला महत्वकांक्षी योजना ‘वान रोड वान बेल्ट’लाई सहयोग गर्ने बचन दिएका थिए । तर, विभिन्न कठिनाइ भएपछि चीनको त्यो योजना नेपालमा अलपत्र परेको छ ।

माओवादीका नेता महराले चीनका लागि गुप्तचरीको काम गर्दै आएको उनकै पार्टीका नेताहरूले आरोप लगाउँदै आएका छन् । महराले पनि आफ्नो छोराहरूलाई बेलाबेला चीन घुम्न पठाउने गरेका छन् । महराका छोराहरूले फेसबुकमा चीनमा घुमफिर गरेका तस्बिरहरू फेसबुकमा समेत सेयर गर्ने गरेका थिए ।

एमालेका स्थायी समिति सदस्य एवम् दाङ क्षेत्र नं. २ ‘क’ प्रदेश सभाका लागि उम्मेदवार बनेका शंकर पोखरेलले चीनले दिएको शैक्षिक छात्रवृत्तीमा आफ्नी जेठी छोरी अंकिता पोखरेललाई अध्ययनका लागि पठाएको स्रोतले जनाएको छ ।

पोखरेलकी छोरी विगत एक वर्षदेखि चीनमा अध्ययन गर्दै आएकी छिन् । उनले चीनबाट आउने अवसर आफ्ना नातागोता र छोरीलाई मात्रै दिने गरेको एमालेका नेताहरूको आरोप छ । चीनसँग नेता पोखरेलका साथै उनी पत्नी सुजिता शाक्यको राम्रो सम्बन्ध छ । पोखरेलकी पत्नी सुजिताले चीनबाट आउने रकमबाट काठमाडौंमा एनजिओ समेत चलाउने गरेकी छिन् ।

सोही कारणले पनि चीनले माओवादी नेता पोखरेल र एमाले नेता पोखरेललाई दाङबाट जसरी पनि जिताएर आफू अनुकूलको योजनामा लगाउने भित्री योजना बनाएको स्रोतको भनाइ छ । गोप्य योजनाअनुसार चीनले यी दुबै नेताका लागि ठूलो धनराशी चुनाव खर्चका नाममा पठाएको स्रोतले दाबी गरेको छ ।

दाङ जिल्लाको सिमाना भारतसँग जोडिएको र प्रदेश नं. ५ को राजधानी बन्न लागेकाले आफ्ना मान्छेलाई सेटिङ गर्ने उदेश्यले चीनले महरा र पोखरेललाई प्रयोग गरिरहेको माओवादी केन्द्रका एक उच्च नेताले बताएका छन् ।

Published : Friday, 2017 November 3, 5:21 pm

1 प्रतिकृया प्राप्त “महरा–पोखरेलले चीनको छात्रवृत्ती आफ्ना छोराछोरीलाई दिएको खुलासा (तथ्यसहित)”

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया