ओलीका कारण साना कम्युनिष्टहरूले वाम गठबन्धनलाई हराउने

काठमाडौं । नेकपा (माले)का महासचिव सीपी मैनालीले एमालेका अध्यक्ष केपी ओलीले चुनाव चिन्ह ‘सूर्य’बाट आफूलाई उम्मेदवार बन्न प्रस्ताव गरेको खुलासा गरेका छन् ।
नेपाली रेडियो नेटवर्कमा महासचिव मैनालीले वाम गठबन्धनको पक्षमा आफू रहे पनि अन्तिम क्षणमा ‘सूर्य’ चिन्हमा उम्मेदवार बन्न भनेपछि ‘ब्याक’ भएको बताए । उनले वाम गठबन्धनको विपक्षमा उभिने जुन कुनै उम्मेदवारहरूलाई मतदान गर्न अपील समेत गरेका छन् ।
‘केपी ओली र पुष्पकमल दाहालसँग वाम गठबन्धनमा सहभागी हुनेबारेमा कुरा भयो’, उनले भने, ‘नेकपा (माले)लाई गठबन्धनमा ल्याउन पुष्पकमल दाहालजी तयार हुनुभयो तर, केपी ओलीले मान्नु भएन । सूर्य चिन्हमा उम्मेदवार भन्न प्रस्ताव गर्नुभयो । मैले मानिन ।’
वाम गठबन्धनका बारेमा कुरा गर्न गएका बेला आफूलाई एमालेका अध्यक्ष ओलीले अपमान हुने गरेर अमर्यादित शब्द बोलेको आरोप समेत लगाए ।
‘ओलीका कारण हामी वाम गठबन्धनमा जान सकेनौँ’, उनले भने, ‘वाम गठबन्धन नेकपा (माले)लाई सिध्याउन बनेको हो भन्ने कुरा पुष्टि भएको छ ।’
मैनालीले नेकपा (एमाले)का अध्यक्ष केपी ओलीसँग आफूहरूले पाँच सिट मागेको बताए । ‘मालेले ५ सिट मागेको थियो’, उनले भने, ‘कुरा गर्दै जाँदा सहमतिमा थोरै पनि हुन सक्थ्यो । ओलीजी रिजिट बन्नुभयो । प्रचण्डले त कुरा गरौँ भनेका थिए ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
यसमा तपाइको मत