ढुंगेलबारे ‘प्रचण्ड’ एक शब्द बोलेनन्

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तराई मधेसको अधिकार स्थापित गराउन आफ्नो पार्टी अझै बढी क्रियाशील भएर लाग्ने बताएका छन् ।

मंगलबार राति आफ्नै निवास लाजिम्पाटमा राष्ट्रिय जनता पार्टीका विभिन्न स्तरका नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै अध्यक्ष प्रचण्डले वाम एकताले मधेश र मधेशी जनताको अधिकारमा प्रतिकूल असर नगर्ने स्पष्ट पारे ।

अध्यक्ष प्रचण्डले भने, ‘एमालेसहितका पार्टीहरुसँग पार्टी एकता र वाम गठबन्धनको तयारीपछि अब माओवादीले मधेशका मुद्धा छोड्छ भन्ने भ्रम पार्न खोजिएको छ । मधेश र मधेशी जनताको अधिकारका विषयमा एकमत भएर नै हामीले चुनावी तालमेल र पार्टी एकताको प्रक्रिया अघि बढाएका हौं । हामी मधेशी जनताको पहिचान, अधिकार र मधेशको समृद्धि र विकासको पक्षमा छौं र रहन्छौं, यसमा कहीँ कतै भ्रम नरहोस्।’

कार्यक्रममा प्रचण्डले आफ्नो पार्टीका नेता बालकृष्ण ढुंगेल पक्राउको विषयमा भने केही बोलेनन् । अध्यक्ष प्रचण्डले कांग्रेस नेता सुरेशचन्द्र दाससहित विभिन्न पार्टी परित्याग गरेका नेता कार्यकर्तालाई आफ्नो पार्टी प्रवेश गराएका थिए ।

Published : Wednesday, 2017 November 1, 8:03 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया