देउवाले ओलीलाई दिए झट्का, एमालेका दुई सांसद कांग्रेसमा प्रवेश

काठमाडौं । नेकपा (एमाले)का नेता एवम निवर्तमान सांसद माउ पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

एमालेबाट कैलाली क्षेत्र नम्वर २ बाट निर्वाचित सांसद मोहनसिंह राठौर कांग्रेसमा प्रवेश गरेका हुन् । उनी संसदको सुसासन समितिका सभापति समेत थिए ।

कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले उनीहरूलाई पार्टीमा प्रवेश गराएका हुन् ।

एमालेकाी निवर्तमान सांसद रवनी चौधरी पनि कांग्रेस प्रवेश गरेकी छिन् । मुक्त कमैयाको ५ जिल्लाको समितिको केन्द्रीय सदस्य समेत रहेकी उनी चौधरी समुदायमा लोकप्रिय छिन् ।

कांग्रेसले कैलालीबाट राठौरलाई प्रतिनिधी सभामा उमेद्वार बनाउने निर्णय समेत गरेको छ ।

कांग्रेस नेताहरू रामचन्द्र पौडेल, डा.शशांक कोइराला, विमलेन्द्र निधी, गोपालमान श्रेष्ठ, मीनेन्द्र रिजाल, दिलेन्द्र वडु, एनपी साउद, किशोरसिंह राठौर लगायतका नेताहरू पार्टी प्रवेश गराएका थिए ।

Published : Tuesday, 2017 October 31, 5:49 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया