सोनम कपूरको चित्त दुख्यो

मुम्बई । जस्तालाई तस्तै’ व्यवहारका लागि प्रख्यात छिन् सोनम कपुर । उनलाई कसैले चित्त नबुझ्ने कुरा गर्‍यो जवाफ दिन रत्तिभर पनि हिच्किचाउन्नन् ।

पछिल्लो समय भने सोनम निर्माणको क्रममा रहेको फिल्म ‘वीर दि वेडिङ’ सम्बन्धि समाचारले आहत भएकी छिन् । तर, उनले तुरुन्तै यसमा प्रतिक्रिया पनि दिएकी छिन् ।

हालसालै भारतको एक अखबारमा ‘वीर दि वेडिङ’ को सुटिङका क्रममा करिना कपुर र सोनम कपुरबीच सुमधुर सम्बन्ध नरहेको र यसले फिल्मको सुटिङ नै प्रभावित भएको खबर छापिएको थियो । तर, एउटा कार्यक्रममा पुगेकी सोनमले अखबारमा छापिएको समाचार आधारहीन रहेको र यसले नराम्रो सन्देश दिएको भन्दै खण्डन गरेकी छिन् ।

उनले ‘वीर दि वेडिङ’ जस्तो फिल्मले समाजमा महिलालाई हेर्ने पूर्वाग्रही दृष्टिकोणलाई तोड्ने र यसले समग्र समाजमा सकारात्मक सन्देश फैलाउने बताएकी छिन् । तर, यस्तै फिल्मलाई गसिपको विषय बनाउनु चाहिँ दुःखद भएको उनको कथन छ ।

‘त्यो समाचार एउटी नारीले लेखेकी छिन् र यो एकदमै गलत हो । हामी सबै केटी मिलेर ‘वीर दि वेडिङ’ जस्तो फिल्म फिल्म बनाउन चाहान्छौं र सन्देश दिन चाहान्छौं कि महिलाहरू पनि एकजुट भएर राम्रो काम गर्न सक्छन् । नत्र भने यहाँ सधैं महिला महिला भेला भ एभने एक अर्काको कुरा काटेर समय बिताउँछन् र मिलेर काम गर्न सक्दैनन् भन्ने धारणा छ ।

यही धारणालाई पुष्टि गर्ने गरि समाचार आउँदा मलाई दुःख लाग्यो । मिडियालाई सधैं मैंले परिवारको हिस्साको रुपमा लिएकी छु तर जब पहिलो पल्ट हुँदै नभएको कुरालाई लिएर मलाई जसरी आक्रमण गरियो त्यसले मर्माहत बनाएको छ । ’

सोनमले नीजि जीवनलाई लिएर हरेक दिन कुनै न कुनै समाचार छापिरहँदा पनि आफू चुप लागेको तर हुँदै नभएको र व्यक्तिगत तहमा ओर्लिएर समाचार लेखेका कारण आफू आहत भएको पनि उनले बताएकी छिन् ।

‘वीर दि वेडिङ’को दिल्लीको सेड्युल पूरा भइसकेको छ भने तिहारपछि बाँकी सुटिङ सुरु हुँदैछ । ‘वीर दि वेडिङ’ करिना कपुरको कमब्याक फिल्म हो । पछिल्लो पटक अर्जुन कपुरसँग ‘कि एन्ड का’मा देखिएकी करिना तैमुरलाई जन्मदिएपछि ब्रेकमा थिइन् । करिब तीन वर्षपछि करिना सुटिङमा फर्किएकी हुन् । सोनमको पनि अघिल्लो साल ‘निरजा’ मात्र रिलिज भएको थियो । – एजेन्सी

Published : Friday, 2017 October 27, 1:16 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया