कांग्रेसविरुद्ध ओली–प्रचण्डले यस्तो बनाएका रहेछन् ‘खतरनाक प्लान’

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन प्रक्रिया सुरु भएकाले संसदको बैठक स्थगित मात्रै भएको दाबी गरेका छन् ।

काठमाडौंको नयाँ बानेश्वरमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले निर्वाचन सार्ने वा रोक्ने कुनै कदम उठाइए संसदको बैठक बोलाएर उचित निर्णय लिने चेतावनी दिए ।

‘निर्वाचन प्रक्रिया सुरु भइसकेकाले सभामुखले संसदको बैठक स्थगित भएको मात्रै भन्नुभएको छ’, अध्यक्ष दाहालले भने, ‘निर्वाचन रोकियो वा स्थगित भयो भने फेरि संसद बैठक बोलाउन सकिन्छ । माघ ७ गतेसम्म संसदको समयावधी यथावत छ ।’

अध्यक्ष दाहालले संसदको आयु बाँकी रहेका विषयमा आफूले दिएको अभिव्यक्तिलाई धम्कीका रुपमा नलिन कडा भाषामा चेतावनी दिए ।

निर्वाचनको मिति सर्ने चर्चा चलिरहेका बेला एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त रुपमा पत्रकार सम्मेलन गरेर नेपाली कांग्रेस र प्रधानमन्त्री शेरबहादुर देउवालाई सरकारबाट हटाउन सक्नेसम्मको चेतावनी घुमाउरो भाषाबाट दिएका हुन् ।

Published : Thursday, 2017 October 26, 6:50 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया