माओवादीका खास मान्छे गृह सचिव, जसले कांग्रेस र खुमबहादुरलाई क्षति पुर्‍याए

काठमाडौं । २०६४ सालको पहिलो संविधान सभाको बेला नेपाली कांग्रेसलाई हराउन ठूलो भूमिका खेलेका दाङ जिल्लाका तत्कालीन प्रमुख जिल्ला अधिकारी मोहनकृष्ण सापकोटा गृह सचिव बनेका छन् । बागलुङ जिल्ला स्थायी भएका सापकोटाले माओवादीको इच्छा बमोजिम पहिलो संविधानसभाका बेला दाङमा काम गरेका थिए ।

अहिले उनै सापकोटालाई प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गृह सचिव बनाएका छन् । सापकोटालाई देउवाले काखी च्यापेका छन् । गृहसचिव सापकोटाले आफूलाई खाँटी कांग्रेस कार्यकर्ता रहेको बताउन थालेका छन् ।

सिडिओ सापकोटाले पहिलो संविधानसभाका बेला देउखुरीको लमहीस्थित रातोमाट डाँडामा भएको घटनामा कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्कालाई सुरक्षा दिएका थिएनन् । माओवादीको पछाडि लागेर सापकोटाले खड्काविरुद्ध रिपोर्ट तयार पारेर केन्द्रमा पठाएका थिए । जसका कारण कांग्रेस नेता खड्काले दाङ क्षेत्र नं. १ लाई छाडेर नेपालगञ्ज जानु परेको थियो ।

आफ्नो ज्यान जोगाउनका लागि खड्काले आफ्नो सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीलाई गुहार्नु परेको थियो । त्यति मात्रै होइन खड्काको सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीहरूलाई उनै सापकोटाले माओवादीका कार्यकर्ता र क्यान्टोनमेन्टका लडाकुमाथि गोली नचलाउनु भनेर आदेश दिएका थिए । फलस्वरुप बाध्य भएर नेता खड्का आफैले गोली चलाएका थिए । त्यसपछि सुरक्षाकर्मी र माओवादीका कार्यकर्ताबीच झडप भयो । सात जना माओवादीको मृत्यु भएको थियो ।

मृत्यु हुनेमा पाँच जना क्यान्टोनमेन्टका लडाकु थिए । दुई जना माओवादीका कार्यकर्ता थिए । सो घटना भएपछि तत्कालीन अनमिन प्रमुख ईयान मार्टिन लमही पुगेर अनुगमन गरेका थिए । माओवादीको ठाडो आदेशमा अहिलेका गृह सचिव सापकोटाले क्यान्टेनमेन्टका लडाकुहरूको परिचय लुकाएर माओवादी कार्यकर्ता मात्रै भएको रिपोर्ट दिएका थिए । अहिले उनै सापकोटालाई प्रधानमन्त्री देउवाले गृह सचिव बनाएका छन् । उनी कांग्रेसभन्दा पनि माओवादीप्रति बफादार रहेको माओवादीका एक पूर्व मन्त्रीले बताए ।

कांग्रेसको विपक्षमा खुलेर लागेका उनै मोहनकृष्ण सापकोटा अहिले गृह सचिव बनेका छन् । सापकोटा माओवादीप्रति बफादार छन् । सापकोटालाई गृहसचिवबाट हटाएर अर्को उपयुक्त सचिवलाई नियुक्त गर्न देउवालाई दवाव परेको छ । यस विषयमा कांग्रेसभित्र कुरासमेत उठिसकेको छ । यस्ता व्यक्तिले मुलुकमा कहिल्यै पनि लोकतन्त्र बलियो हुन दिँदैन भन्ने मान्यता कांग्रेस प्रभावशाली नेता खड्काको छ ।

यसरी बनेको थियो खुमबहादुर खड्काको हत्या योजना

प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले माओवादीलाई शान्ति प्रक्रियामा ल्याएपछि संविधानसभाको निर्वाचन गर्ने सहमति भयो । त्यस बेला गृहमन्त्री कृष्णप्रसाद सिटौला थिए । संविधानसभाको पहिलो निर्वाचन हुँदै थियो । नेपाली कांग्रेसले दाङ क्षेत्र नं. १ मा प्रभावशाली नेता खुमबहादुर खड्कालाई टिकट दिएको थियो ।

खड्काले जोडतोडले प्रचास–प्रसार गरिरहेका थिए । खड्का उम्मेदवार बनेको क्षेत्रमा माओवादीले ईन्द्रजित चौधरीलाई टिकट दिएको थियो । खड्काको अगाडि चौधरी निरिह थिए । गृहमन्त्री सिटौला र माओवादी अध्यक्ष प्रचण्डसहितका नेताहरूको गोप्य बैठक केन्द्रमा बस्यौ । गोप्य बैठकमा खड्कालाई हराउने मात्रै होइन हत्या नै गर्ने योजना बन्यो । खुमबहादुर खड्काको बढ्दो राजनीतिक यात्राबाट सिटौला सशंकित थिए । अहिले पनि खड्काको राजनीतिक दब्दबाबाट सिटौला डराउँछन् ।

चुनावी कार्यक्रममा सहभागी भएर नेता खड्का गोबरडिहाबाट लमही हुँदै सत्बरियारस्थित निवास जाँदै थिए । रातिको समय थियो । खड्कालाई बाटो छेकेर माओवादीका कार्यकर्ता र क्यान्टोनमेन्टका लडाकुहरू रातोमाटा डाँडामा बसेका थिए । खड्का सवार गाडी आउनेवित्तिकै माओवादीले आक्रमण गरे । त्यसपछि सुरु भयो भिडन्त । माओवादीले सोही बेला नै खड्काको हत्या गर्ने योजना बनाएका थिए ।

तर, खड्काको हिम्मत, सहास र बहादुरी तथा साथमा रहेका सुरक्षाकर्मीका कारण ज्यान जोगाएर त्यहाँबाट निस्किएर । खड्का त निस्किए नै त्यसको ठूलो क्षति माओवादीलाई भयो । माओवादीले क्यान्टोन्मेन्टका पाँच लडाकुसहित सात जना गुमाउनु पर्‍यो ।

घटना हुनेवित्तिकै खड्काले प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र गृहमन्त्री सिटौलालाई तत्काल फोन गरे । तर, कोइराला र सिटौलाले जे भयो–भयो छाडिदिनुस् खुमबहादुरजी भनेर फोन काटिदिए ।

आफूलाई माओवादीबाट सुरक्षा थ्रेट भएको र कतैबाट सुरक्षा नपाएपछि खड्का रातारात नेपालगञ्ज पुगे । अर्को दिन पत्रकार सम्मेलन गरेर कार्यकर्ताको रक्षाका लागि आफू निर्वाचनमा भाग नलिने घोषणा गरेर राजधानी फर्किए । यदि खड्काले निर्वाचनमा भाग लिएको भए माओवादीले कांग्रेसका धेरै कार्यकर्ताको ज्यान लिने थियो ।

– यूनाइटेड पोष्ट साप्ताहिकबाट साभार

Published : Thursday, 2017 October 26, 8:27 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया