सुध्रिएनन् यौनकाण्डमा मुछिएका खड्का, विवादमा तानिए ‘विप्लव’

काठमाडौं । यौनकाण्डमा मुछिएका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य चन्द्रबहादुर खड्का क्षेत्री (असल) लाई बचाउन महासचिव ‘विप्लव’ खुला रुपमा उत्रिएका छन् ।

यूनाइटेड पोष्ट साप्ताहिकले ‘विप्लव’का खास मान्छे एवम् केन्द्रीय सदस्य खड्काको यौनकाण्डसम्बन्धि समाचार प्रकाशित गरेपछि ‘नेकपा’भित्र बबण्डर मच्चिएको थियो । उनले फेसबुकमार्फत प्रेस नोटका रुमा प्रतिक्रिया लेख्दै समाचारलाई क्रान्ति विरोधीको रुपमा चित्रण गरेका छन् ।

खड्काले आफूविरुद्ध समाचार लेख्नेलाई आफ्ना समर्थकहरूसँग उत्तेजित हुँदै काट्ने, मार्ने, गोली हान्ने, झुण्ड्याउने जस्ता शब्दहरूले धम्धी दिएको फेसबुक स्ट्याटस लेखेका छन् । उनले समाचारविरुद्ध यूनाइटेड पोष्टको कार्यालयमा आफू र आफ्ना साथीहरूमार्फत पटक–पटक फोन गरेर धम्की समेत दिएका थिए ।

खड्काको प्रतिक्रियाले आफ्नो बहुविवाह र विकृतिलाई ढाकछोप गर्न क्रान्तिकारी शब्दको सहारा लिएको प्रष्ट भएको एक नेताले बताए । यौन विवादमा तानिएका ‘विप्लव’का खास मान्छे खड्काले सामाजिक रुपमा उठेका प्रश्नहरूलाई क्रान्ति विरोधीको रुपमा ब्याख्या गरेर उम्किने प्रयत्न गरेको पार्टीभित्र चर्चा हुन थालेको छ । क्रान्तिकारी पार्टीको रुपमा चिनिएको ‘नेकपा’को केन्द्रीय सदस्य जस्तो जिम्मेवार व्यक्तिले बहुविवाह गर्न पाइन्छ कि पाइँदैन ? वा युवती राखेर यौनशोषण गर्न पाइन्छ ? भनेर समेत प्रश्न उठ्ने थालेको छ ।

यूनाइटेड पोष्टले केही सम्वेदनशीलताका कारण खड्कासँग नाम जोडिएका अन्य तीन महिलाहरूका विरुद्ध केही लेखेको छैन । तर, केन्द्रीय सदस्य खड्काको गृहजिल्ला सल्यानमा के.सी. थरकी अविवाहित युवतीलाई कसरी लुकाउन सक्छन् ? भनेर सल्यानका राजनीतिक दल, नागरिक समाज र शारदा नगरपालिकाको डाँडागाउँका स्थानीयले प्रश्न गर्न थालेका छन् ।

करिव ७–८ वर्षदेखि आफ्नी छोरीको उमेर सरहकी ती के.सी. थरकी युवतीसँग केशवराज शर्मा लामिछानेको घरको एउटा कोठा लिएर खड्का बस्दै आएका छन् । शर्माको घरमा बस्नु अगाडि खड्काले सोही स्थान नजिकै रहेको जनक चन्दको घरमा भाडामा ती युवतीलाई राखेका थिए । खड्काले ती युवतीलाई निर्माण व्यवसायी महासंघ जिल्ला कार्यालय सल्यानमा जागिर समेत लगाइ दिएका छन् ।

४–५ वर्ष अगाडिदेखि सल्यानभन्दा बाहिर पार्टीको कार्यक्षेत्र रहेका केन्द्रीय सदस्य खड्का बेलाबेला ती युवतसँग भेटन् उनकै कोठामा गएर बस्ने गरेको प्रत्यक्षदर्शीहरूको भनाइ छ । ‘नेकपा’का एक ठूलै नेताले भने, ‘चन्द्रबहादुर खड्का आफ्नी जेठी पत्नी र छोराछोरीलाई भेट्न घरमा जाँदैन । के.सी. थरकी अबिवाहित युवतीको कोठामा गएर थुप्रै दिन बस्छन् ।’ यो कुरा ‘नेकपा’का नेता तथा कार्यकर्ता र महासचिव ‘विप्लव’लाई समेत थाहा छ । खड्काकी जेठी छोरीको विवाह समेत भइसकेको छ । तर, खड्काले जेठी पत्नीलाई दुःख दिँदै आएका छन् ।

गत स्थानीय तहको निर्वाचन बहिष्कारका क्रममा चन्द्रबहादुर खड्का प्यूठानमा पक्राउ परेका थिए । त्यस बेला उनै के.सी. थरकी युवती सल्यानबाट प्यूठानमा खड्कालाई भेट्न प्रहरी कार्यालय दुई पटक पुगेकी थिइन् । पक्राउ परेका बेला पनि खड्काले उनै युवतीसँग म्यासेन्जर र मोबाइलमा कुराकानी गर्ने गरेको खड्कासँगै पक्राउ परेका ‘नेकपा’का एक नेताले बताए । कारबाही गर्नुको साटो ‘विप्लव’ले खड्काको संरक्षण गरेको भन्दै ‘नेकपा’भित्र बबण्डर मच्चिएको छ ।

‘विप्लव’ले यौनकाण्डमा मुछिएका खड्काको संरक्षणमा विज्ञप्ति जारी गर्न लगाएपछि एकीकृत जनक्रान्तिको उदेश्य यही हो र ? भनेर प्रश्न उठ्न थालेको छ । महिला अधिकारको कुरा गर्ने ‘नेकपा’ले खड्कालाई कसरी संरक्षण गर्छ हेरौँला भनेर केन्द्रीय नेताहरूले प्रतिक्षा गरेका छन् । यूनाइटेड पोष्ट साप्ताहिकमा समाचार छापिएपछि खड्काले पोखरा हुँदै सल्यान पुगेर पुरानै डेरामा बसेको स्रोतले जनाएको छ ।

– यूनाइटेड पोष्ट साप्ताहिकबाट साभार

Published : Thursday, 2017 October 26, 8:17 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया