क्याट्रिनाले किन भेटछिन् ऋतिकलाई बारम्बार ?

मुम्बई । अभिनेता ऋतिक रोशन र अभिनेत्री क्याट्रिना कैफले तीन वर्ष पहिला ‘ब्याङ ब्याङ’ फिल्ममा सँगै काम गरेका थिए । त्यतिवेला उनीहरू निकै नजिकिएको खबर फैलिएको थियो ।

त्यतिवेला क्याट्रिना र रणवीर कपुर प्रेममा थिए । आफ्नी प्रेमिका ऋतिकसँग नतमस्तक हुँदै गएको खबरले रणवीर तनावग्रस्त मात्र थिएनन्, क्याट्रिनालाई ऋतिक विवाहित र दुई छोराको बाबु भएको हेक्कासमेत गराइराख्थे । खबर राम्रैसँग फैलिन थालेपछि रणवीरले क्याट्रिनालाई उप्रान्त ऋतिकसँग फिल्म नखेल्न सल्लाह दिएका थिए ।

त्यतिवेला रणवीरको प्रेममा चुर्लुम्मै डुबेकी क्याट्रिनाले उनको कुरा मानिन् । ऋतिकसँग केही फिल्मको कुरा आउँदा उनले अनेक बहाना बनाएर फिल्म गरिनन् । तर, अहिले आएर भने क्याट्रिना र ऋतिक फेरि नजिकिएको खबर फैलिएको छ । रणवीरसँग ब्रेकअप भएपछि ‘बेफ्रिके’ भएकी क्याट्रिना अचेल बारम्बार ऋतिकसँग भेट्ने गर्दछिन् ।

ऋतिक पनि क्याट्रिनासँग भेटिइरहन्छन् । दिवालीमा ऋतिकले क्याट्रिनालाई उपहार दिएको कुराले पनि बलिउडमा चर्चा पाएको छ । फिल्म पाउनका लागि क्याट्रिनाले ऋतिकसँग सम्बन्ध बढाएको समेत अनुमान गरिएको छ । – एजेन्सी

Published : Wednesday, 2017 October 25, 6:49 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया