देउवाले दिए एमाले–माओवादीलाई धक्का, गृह र परराष्ट्रमा नयाँ मन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतलाई गृह मन्त्रालयको जिम्मेवारी दिने तयारी गरेका छन् ।
माओवादी केन्द्रका मन्त्रीहरूलाई विनाविभागीय मनाएर ती सबै मन्त्रालय आफूसँग राखेका देउवाले गृहमन्त्रालयको जिम्मेवारी बस्नेतलाई दिने तयारी गरेका हुन् ।
‘सूचना तथा सञ्चारमन्त्री मोहन बहादुर बस्नेतलाई गृह र सञ्चार मन्त्रालय हेर्ने गरेर जिम्मेवारी दिने तयारी भएको छ’, उच्च स्रोतले भन्यो, ‘कुरा चले पनि प्रधानमन्त्री शेरबहादुर देउवाज्यूले अहिलेसम्म सो विषयको जानकारी दिनुभएको छैन ।’
स्रोतका अनुसार अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई देउवाले परराष्ट्र मन्त्रालयको समेत जिम्मेवारी दिने तयारी गरेका छन् ।
यसअघि माओवादी केन्द्रका मन्त्री कृष्णबहादुर महराले परराष्ट्र र जनार्दन शर्माले गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।
अहिले उनीहरू विनाविभागीय मन्त्रीका रुपमा सिंहदरबार नगइ निवासमा बस्दै आएका छन् ।
1 प्रतिकृया प्राप्त “देउवाले दिए एमाले–माओवादीलाई धक्का, गृह र परराष्ट्रमा नयाँ मन्त्री”
यसमा तपाइको मत
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल
Thikai cha!