डिआईजी रमेश खरेलले प्रहरीभित्र मच्चाए खैलाबैला

काठमाडौं । प्रहरी नियमावलीअनुसार अबको ६ महिनामा नेपाल प्रहरीले नयाँ नेतृत्व पाउनेछ । आगामी चैत २९ गते वर्तमान प्रहरी महानीरिक्षक लगायत सबै एआइजीहरूले अवकाश पाउनेछन् ।

त्यसकै तयारी स्वरूप अहिलेका मुख्य प्रतिस्पर्धीहरू भावी आइजीपीको दौडमा लागिसकेका छन् ।
प्रतिस्पर्धीहरू मध्ये एक नम्बरमा बढुवा भएका सर्वेन्द्र खनाल महानगरीय ट्राफिक प्रहरी कार्यालयमा छन् भने ३ नम्बरमा बढुवा भएका पुस्कर कार्की केन्द्रीय अनुसन्धान ब्यूरोको कमाण्ड सम्हाली रहेका छन् ।

एसएसपीसम्म एक नम्बरमा रहेका रमेश खरेल डिआइजी हुँदा २ नम्बरमा पुगेपछि लामो समयसम्म बढुवाको फूली समेत नलगाई सांकेतिक विरोधमा उत्रेका थिए ।

यूएनको शान्ति मिसनमा रहेका उनले केही दिन अघि मात्रै डिआइजीको फुली लगाएको तस्विर सार्वजनिक गरेका छन् । उनी त्यहाँको जागिर समेत छाडेर नेपाल आउँदै छन् । नेपालमा रहेका दुई डिआइजीहरू सर्वेन्द्र खनाल र पुस्कर कार्कीमध्ये एक जनाले आइजीपीको पदमा पुग्ने देखेर उनी नेपाल फर्कन लागेका हुन् ।

१८ महिनाअघि संयुक्त राष्ट्रसंघको प्रहरी एकाइमा फिल्ड कमाण्डर बनेर गएका डीआईजी खरेल उक्त जिम्मेवारीबाट राजीनामा दिएर स्वदेश फर्किंदै छन् । उनी फर्केसँगै नेपाल प्रहरीको भावी नेतृत्वका विषयमा बढी नै चर्चा हुने देखिएको छ ।

सुडानको डार्फरस्थित राष्ट्रसंघीय मिसन (यूएनएएमआईडी) मा पी– ४ अधिकृतका रूपमा उनी कार्यरत थिए । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)का रूपमा उनी त्यहाँ गएका थिए । यसबीचमा नायब महानिरीक्षक (डीआईजी) बढुवामा परिसकेका छन् । तर उनले बढुवामा सांकेतिक रूपमा असन्तुष्टि समेत जाहेर गरेका थिए ।

तीन दिनअघि फेसबुक स्टाटसमार्फत् डीआईजी खरेलले राष्ट्रसंघीय जिम्मेवारीबाट राजीनामा दिएको जानकारी दिएका हुन् । सो जिम्मेवारीका क्रममा आफूले ४२ मुलुकका चार सय प्रहरी अधिकृतहरूलाई ‘कमाण्ड’ गर्ने अवसर पाएको उनले उल्लेख गरेका छन् । सोही कमाण्ड यसअघि सर्वेन्द्र खनाल र पुस्कर कार्कीले समेत सम्हाली सकेका छन् ।

उनले दुई वर्षका लागि सो जिम्मेवारी पाएका थिए, जसलाई चार वर्षसम्म लम्व्याउन सकिन्थ्यो । १८ महिनामा सिकेका कुरा स्वदेश फर्केर कार्यान्वयनमा ल्याउने उनले बताएका छन् । अवधि बाँकी छँदै खरेलले राजनीमा दिनुमा प्रहरीको भावी नेतृत्वको दौडका रूपमा अथ्र्याइएको छ ।

३० वर्षे सेवा अवधिको हुँद कायमै रहे हालका महानिरीक्षक प्रकाश अर्यालसहित उनको ब्याचका सबै अधिकृत आगामी २९ चैतदेखि अनिवार्य अवकाशमा पर्नेछन् । त्यसपछि प्रहरीको नेतृत्व खरेलकै ब्याचको हातमा आउनेछ । उनीसहित सर्वेन्द्र खनाल, पुष्कर कार्कीलगायत अधिकृत भावी महानिरीक्षकको उम्मेदवार बन्ने छन् ।

पछिल्लो बढुवाअनुसार तीन जनामध्ये जो सुकै पनि हुनसक्ने अनुमान गरिएको छ । खरेल १ फागुन ०४५ मा खेलाडीका रूपमा प्रहरी सेवामा प्रवेश गरेका थिए । खनाल, कार्कीलगायत अधिकृत त्यसको एक वर्षपछि २९ माघ ०४६ मा प्रहरीमा प्रवेश गरेका हुन् ।

यसअघि काठमाडौं परिसरको दुई पटक कमाण्ड सम्हालेका थिए । पोखरा, सिराहा, पर्सामा पनि उनले कमाण्ड सम्हालेका थिए । पछिल्लो पटक काठमाडौं प्रहरी परिसरको प्रमुख हुँदा उनी विवादमा तानिएपछि समय नपुग्दै सरूवा भएका थिए ।

उनले त्यतिबेला प्रहरीमा नेतृत्व लिनका लागि व्रिफकेश प्रयोग भएको भन्दै संगठनकै बिरूद्धमा समेत अभिव्यक्ति दिएका थिए । खरेल प्रहरी संगठनमा स्वच्छ प्रहरी अधिकृतका रूपमा परिचित छन् । सुन तस्करी काण्डमा आफ्नै पत्नीलाई नक्कली सुराकी खडा गरेर कमिशन आफैले लिने खरेलले संसदको सार्वजनिक लेखा समितिमा स्वीकार गरिसकेका छन् ।

उनलाई एमाले केपी ओलीको आर्शीवाद छ । डिआईजी खनाललाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’देखि प्रधानमन्त्री शेरबहादुर देउवाको रहेको बताइन्छ ।

Published : Tuesday, 2017 October 24, 8:12 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया