गुन्डा नाइके मनाङ्गेले एमालेलाई ठीक पार्ने !

काठमाडौं । गुन्डा नाइके राजीव गुरुङ उर्फ दीपक मनाङ्गेले एमालेबाट टिकट नपाएपछि मनाङ जिल्लामा प्रदेश सभाका लागि बागी उम्मेदवारी दिएका छन् ।
पार्टीबाट टिकट नपाएपछि नवप्रवेशी एमाले कार्यकर्ता मनाङ्गेले बागी उम्मदेवारी दिएका हुन् । मनाङ्गेले एमालेले आफूलाई धोका दिएको भन्दै अब एमालेका आधिकारिक उम्मेदवारलाई पराजित गरेर देखाइ दिने चेतावनी दिएका छन् ।
एमाले जिल्ला कमिटी मनाङले सर्बसम्मत उनलाई प्रदेश क्षेत्र नं. २ बाट सिफारिस गरेपनि स्थायी समितिले मनाङ्गेलाई टिकट दिएको थिएन ।
एमालेले टिकट नदिए पनि उनी एमालेको झण्डासहित एमालेका उम्मेदवारसँगै उम्मेदवारी दिन चामेस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।
मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश दीपक ढकालले राजीव गुरुङको स्वतन्त्र उम्मेदवारी परेको र मनोनयन दर्ता भएको बताएका छन् ।
गुन्डा नाइके मनाङ्गे केही साताअघि राप्रपा जिल्ला कार्य समितिका सवै सदस्यसहित एमालेमा प्रवेश गरेका थिए । मनाङ्गेले अहिले एमालेले धोका दिएको आरोप लगाउँदै आएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
कांग्रेसकाे आकस्मिक बैठकका निर्णयहरू
नेपाली कांग्रेस
यसमा तपाइको मत