मोहन बिक्रमकी कान्छी पत्नी भइन् गदगद, एमाले–माओवादीले दिए सरप्राइज

काठमाडौं । एमाले–माओवादी केन्द्रले प्यूठान जिल्ला राष्ट्रिय जनमोर्चालाई छाड्न सहमत भएका छन् ।

दुबै दलको सहमतिपछि नेकपा (मसाल)का महामन्त्री मोहनबिक्रम सिंहकी पत्नी दुर्गा पौडेल सिंहले उम्मेदवारी दिने भएकी छिन् । पौडेल सिंहकी कान्छी पत्नी हुन् ।

पुराना कम्युनिष्ट नेता सिंहका लागि प्यूठान छाडिदिन एमाले–माओवादी केन्द्र दुवै सहमत भएका थिए । त्यहाँ पत्नी पौडेललाई सघाउन सिंहले एमाले–माओवादी केन्द्रसँग अनुरोध गरेपछि सहमति हुन सकेको थिएन । दुवै पार्टीले सिंहबाहेक अन्यलाई छाड्न नसकिने बताउँदै आएका थिए ।

बाग्लुङका प्रतिनिधि सभाका दुवै सिट एमाले–माओवादी केन्द्रलाई छाड्न राष्ट्रिय जनमोर्चा सहमत भएपछि सिंह पत्नी पौडेलका लागि प्यूठान छाडिएको स्रोतको भनाइ । प्रदेश सभाका लागि प्यूठानका दुई क्षेत्रबाट भने एमाले र माओवादी केन्द्रका उम्मेदवारहरूले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिनिधि सभातर्फ बाग्लुङका दुईमध्ये एउटामा एमालेका र अर्काेमा माओवादी केन्द्रका उम्मेदवार साझा वाम उम्मेदवार हुनेछन् । प्रदेश सभातर्फ भने दुई राष्ट्रिय जनमोर्चालाई र बाँकी दुईमध्ये एउटामा एमाले र अर्काेमा माओवादी केन्द्रले प्रतिस्पर्धा गर्नेछन् ।

कांग्रेसले प्यूठान जिल्लामा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी निर्देशक डा.गोबिन्दराज पोखरेललाई उम्मेदवार बनाउने तयारी गरेको छ ।

Published : Monday, 2017 October 23, 7:14 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया