वामहरूलाई टक्कर दिन्छौँ, गठबन्ध बन्छ : महासचिव झा

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका महासचिव केशव झाले लोकतान्त्रिक गठबन्धनलाई बलियो बनाएर जानेबारे आफूहरूवीच गृहकार्य भैरहेको बताएका छन् ।

रिपोर्टर्स क्लव नेपालले काठमाडौंमा सोमबार आयोजना गरेको साक्षत्कारमा महासचिव झाले भने, ‘लोकतान्त्रिक गठबन्धनलाई बलियो बनाउनको लागि कांग्रेस, राजपा नेपाल र संघीय समाजवादी फोरमवीच चुनावी तालमेल गर्नेबारे अन्तिम बैठक मंगलबारपनि हुँदैछ ।’

उनले भने, ‘हुन त पहिलो चरणमा चुनावी तालमेल त्यति प्रभावकारी भएन् । तर, दोस्रो चरणको निर्वाचनमा प्रभावकारी हुन्छ । हामीले त्यही विश्वास गरेका छौं ।’

उनले आफ्नो पार्टीले २ नम्बर प्रदेशमा अलि बढी ध्यान केन्द्रित गरेको बताए । झाले भने, ‘मधेशका २० जिल्लाका ७८ वटा निर्वाचन क्षेत्रमा हाम्रो फोकस छ ।’

उनले राजपा नेपाल–संघीय समाजवादी फोरमवीच सिट संख्या बाँडफाँडमा कुरा मिलिसकेको बताउँदै कांग्रेससँग पनि चुनावी तालमेल हुने निश्चित भएको जिकिर गरे । उनले थपे, ‘कांग्रेससँग चुनावी तालमेल हुने निश्चित छ । तर, कति सिटमा हुने भन्ने बाँकी छ, त्यो पनि मंगलबार हुने निर्णायक छलफलमा कुरा मिल्छ ।’

त्यस्तै उनले पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको अभिव्यक्तिलाई आफूहरूले सामान्य रुपमा लिएको स्पष्ट पारे । झाले भने, ‘आम नागरिकको रुपमा उहाँले चासो लिनुभएको होला, अब उहाँ नयाँ पार्टी खोलेर आए उहाँलाई राजनीतिक मैदानमा स्वागत छ ।’

Published : Monday, 2017 October 23, 6:26 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया