काठमाडौंमा बिहानै गोली चल्यो, ढले गुरुङ

काठमाडौं । काठमाडौंको लैनचौरस्थित म्हेपीमा एकाबिहानै अपरिचित समूहले कल्याण गुरुङमाथि गोली चलेको छ ।
आइतबार बिहान करिव चार बजे रानीबारी बस्ने २८ वर्षीय गुरुङमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ ।
बिहान स्कुटीमा हिँडिरहेका गुरुङलाई कारमा आएको अपरिचित समूहले गोली हानेको थियो । गुरुङको घुँडा मुनि गोली लागेको छ । गुरुङ खतरामुक्त रहेको प्रहीले जनाएको छ ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी रवीन्द्र धानुकले गोली लागेका गुरुङको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको जानकारी दिए । उनले भने, ‘घटनाको प्रकृति हेर्दा ग्याङ वार जस्तो देखिएको छ । हामीले थप अनुसन्धान गरिरहेका छौं ।’
यसअघि पनि काठमाडौंको नयाँ बानेश्वर खरिबोट नजिकै नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरतकुमार गौचनमाथि गोली प्रहार भइसकेको छ । गोली लागेर अध्यक्ष गौचनको मृत्यु भएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
यसमा तपाइको मत