राप्रपा (प्रजातान्त्रिक)द्वारा निर्वाचन प्रचार समिति गठन

काठमाडौं, ३ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले निर्वाचन प्रचार प्रसार समिति बनाएको छ ।

कात्तिक १० र २१ गते हुन लागेको प्रदेश र प्रतिनिधिसभा निर्वाचनको प्रचार प्रसारका लागि प्रवक्ता राजेन्द्र गुरुङको संयोजकत्वमा छ सदस्यीय समिति गठन गरिएको हो ।

अध्यक्ष पशुपति शम्शेर राणाले शुक्रबार सो समिति बनाएको प्रवक्ता किरण गिरीले जानकारी दिए ।

समितिको सदस्यहरूमा प्रवक्ता किरण गिरी, प्रदीपकुमार उदय तथा किशोर कार्की, सुरेशप्रसाद आचार्य, रविन चम्लिङ रहेका छन् ।

Published : Friday, 2017 October 20, 2:59 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया