हिन्दू अभियानका कमाण्डर पक्राउ, चर्चमा बम पड्काएको आरोप

काठमाडौं । झापा जिल्लास्थित क्रिश्चियनहरूको इमानुएल वेष्टर्न चर्चमा बम विस्फोट गराएको अभियोगमा प्रहरीले विजय शर्मा भनिने माधवप्रसाद भण्डारीलाई पक्राउ गरेको छ ।

भण्डारीले दुई वर्षअघि बम विस्फोट गराउन योजना बनाएको आरोप प्रहरीको छ । उनलाई काठमाडौंबाट पक्राउ गरिएको हो । भण्डारी हिन्दु मोर्चा नेपालका केन्द्रीय संयोजक हुन् ।

मकवानपुर जिल्लाको साविकको हटिया गाविस– ५ घर भई हाल काठमाडौं महाराजगंज बस्ने ३९ वर्षीय भण्डारीलाई अपराध महाशाखाको टोलीले काठमाडौंको रामशाहपथबाट बुधबार पक्राउ गरेको प्रहरी प्रवक्ता एवम् प्रहरी उपरीक्षक नरेन्द्रप्रसाद उप्रेतीले जानकारी दिए ।

भण्डारीले नेपाल धर्म निरपेक्ष राष्ट्र घोषणा गर्न भनी संसदबाट संविधानमा व्यवस्था भएपछि नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्ने दबाव स्वरूप र क्रिष्चियन धर्मकोविरूद्धमा २०७२ भदौ २८ गते राति ११ बजेर २० मिनेटको समयमा विस्फोट गराएका थिए ।

भण्डारीकै योजनामा झापाको साविकको खजुरगाछी गाविस ६ स्थितमा रहेको इमानुएल वेष्टर्न चर्चमा सकेट बम बिष्फोटन गराएर सर्बसाधारण मानिसलाई आतंकित पारी फरार भएको प्रहरीको भनाई छ ।

बुधबार पक्राउ परेका भण्डारीलाई विष्फोटक पदार्थ ऐन २०१८ तथा संगठित अपराध निवारण ऐन २०७० अनुसार कारवाही हुने प्रहरी प्रवक्ता उप्रेतीले बताए ।

Published : Thursday, 2017 October 19, 8:16 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया