एमालेको उत्रियो ‘मुखुण्डो’, कांग्रेसलाई सिद्धाउन नेताले मागे डलर

काठमाडौं । नेकपा (एमाले)का शीर्ष नेताहरूले कांग्रेसलाई सिद्धाउनका लागि एनआरएनएका सदस्यहरूसँग प्रतिव्यक्ति एक हजारका दरले रकम माग गरेका छन् ।

एमाले निकट एनआरएनएका सदस्यहरूसँग बुधबार राजधानीमा भएको भेटघाट कार्यक्रममा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रतिव्यक्ति एक हजार डलर पार्टीलाई सहयोग गर्न उर्दी जारी गरेका हुन् ।

‘जुनसुकै मूल्य चुकाएर भए पनि एमालेले आगामी चुनावमा बहुमत ल्याउनु पर्ने भएको छ’, उनले भने, ‘एमालेको बाध्यतालाई बुझेर एनआरएनएका सदस्यहरूले प्रतिव्यक्ति एक हजार अमेरिकी डलर सहयोग गर्नुस् ।’

एमालेका अध्यक्ष केपी ओलीले कांग्रेसमा सत्तालिप्सा पलाएको आरोप लगाए । उनले भने, कांग्रेसका कारण मुलुक संकटमा फस्दै गएको छ । निर्वाचनमा कालो बादल मडारिएको छ ।’

यसअघि एनआरएनएका निवर्तमान अध्यक्ष शेष घलेले दिएको सात करोड गायब भएको विषयमा समाचार समेत बाहिरिएको थियो । सात करोडको काण्ड सेलाउन नपाउँदै एमालेका नेताहरूले फेरि डलर माग गरेका छन् ।

Published : Wednesday, 2017 October 18, 4:41 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया