भारत वाम गठबन्धनको असली डिजाइनर, भयो एमालेलाई सिध्याउने खेल

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कठिन मोड आउँदा पनि माओवादी केन्द्रका मन्त्रीहरूलाई किन बर्खास्त गरेनन् भन्ने कौतुहलता सबैमा छ । हुन पनि देउवाले माओवादीका मन्त्रीहरूलाई विनाविभागीय बनाएर पदमा राखिरहेका छन् ।

माओवादी मन्त्रीहरूलाई विनाविभागीय बनाएर राख्नुको भित्री कारण अर्कै रहेको रहस्य खुलेको छ । प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको गोप्य सहमतिकै कारण मन्त्रीलाई नहटाइएको हो ।

स्रोतका अनुसार कांग्रेस र माओवादी केन्द्र मिलेर जाँदा एमालेको बहुमत आउन सक्ने सम्भावनालाई रोक्नका लागि यति ठूलो खेल भएको हो । यो खतरनाक खेलमा भारतको पनि संलग्नता रहेको स्रोतको दाबी छ ।

‘एमालेलाई साइजमा ल्याउन देउवा र प्रचण्डबीच सहमति भएरै माओवादी र एमालेबीच वामगठबन्धन बनेको हो’, स्रोतले भन्यो, ‘यो खेलमा भारतको पनि संलग्नता रहेको छ ।’ हुन पनि सरकारमा बसेर प्रमुख विपक्षी दल एमालेसँग वाम तालमेल गर्न पुगेको माओवादीलाई देउवाले सहयोग गरिरहेका छन् । देउवालाई प्रचण्डले पनि साथ दिइरहेका छन् ।

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा एमालेलाई सिध्याउने गरेर देउवा र प्रचण्डबीच भित्रभित्रै योजना बनेको छ । प्रचण्डले आफ्नो जीवनमा सबैभन्दा ठूलो जोखिम उठाएर एमालेलाई सिद्धाउने अभियानमा लागेको स्रोतको भनाइ छ ।

देउवा र प्रचण्डकै डिजाइनमा माओवादी मन्त्रीहरू पदमा बसिरहन पाएका हुन् । यो कुराको जानकारी कांग्रेस र माओवादीका केही सीमित नेताहरूलाई बाहेक अरु कसैलाई थाहा छैन ।

Published : Wednesday, 2017 October 18, 1:53 pm

1 प्रतिकृया प्राप्त “भारत वाम गठबन्धनको असली डिजाइनर, भयो एमालेलाई सिध्याउने खेल”

  • तपॉइलाइ चाही कसरी थाहा भयो त ?आंकलन मात्र हो

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया