ह्वील चेयर मोडल

लन्डन । संसारभरी लाखौं मोडल छन् । सबै एक से एक । उनी हुन् अलेक्सजेन्ड्रा कुतास । उनी युक्रेनकी मोडल हुन् ।

अलेक्सजेन्ड्रा जन्मजात नै भिन्न रुपमा सक्षम छिन् । उनी ह्विलचेयरको सहारामा यात्रा गर्छिन् । उनी यस्तो प्रकारको पहिलो मोडल हुन् ।

अलेक्सजेन्ड्राका अनुसार उनी अहिलेसम्म कहिले पनि हिँडेकी छैनन् । हिँड्नु उनको सपना भएको उनी बताउँछिन् र हिँड्दा कस्तो हुन्छ त्यो महसुस गर्न चाहेको बताइन् ।

उनले केही दिन अघिमात्र इन्डियन रनवे विक २०१७ मा भाग लिइन् । उनलाई देखेर मानिसहरु हेरेको हेर्यै भए ।

उनी २३ वर्षीया मोडल हुन् । जब उनी र्याम्पमा आउँछिन् मानिसहरु उनको आत्मविश्वास र ग्रेस देखेर चकित खान्छन् ।

स्मरण रहोस्, अलेक्सजेन्ड्रालाई जन्मजात स्पाइनल कर्ड इन्जरी छ । यसकारण उनको कम्मरभन्दा मुनीको भाग चल्दैन ।

मोडलिङ अक्षम व्यक्तिहरुले पनि स्थान बनाउन सकून् भन्ने उद्देश्यसहित आफू यो क्षेत्रमा होमिएको उनको भनाई छ । उनी मानिसहरुको हेर्ने दृष्टिकोणलाई परिवर्तन गर्न चाहेको बताउँछिन् ।

उनी सोसल मिडियामा निकै सक्रिय छिन् । उनी समय समयमा इन्स्टाग्राममा आफ्नो फोटो सेयर गर्ने गर्छिन् । – एजेन्सी

Published : Tuesday, 2017 October 17, 8:51 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया