बालकुमारीकै ठूलो जुवा अखडामा छापा, ३३ जुवाडे पक्राउ

काठमाडौं । ललितपुरको बालकुमारीमा निकेश जोशीले सञ्चालन गरेको जुवाको खालमा प्रहरीले छापामारेको छ ।

शनिबार राति सुराकीको आधारमा ललितपुर महानगरपालिका वडा नं. ९ बालकुमारीमा रहेको बालकुमारी ब्याङ्कटमा छापामारेर ३३ जना जुवाडेलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

सातदोबाटो वृत्त र बालकुमारी प्रहरी प्रभागबाट संयुक्त रुपमा प्रहरी परिचालन गरी जुवाको खालमा छापा मारिएको थियो । जुवातास तथा कौडा खेल्ने खेलाउने कार्यमा संलग्न ३३ जनालाई नियन्त्रणमा लिएर आवश्यक कारबाही सुरु भएको छ ।

खानतलासी गर्ने क्रममा प्रहरीले ३ गड्डी तास, ३२ थान कौडा र नगद छ लाख एक सय चालीस रुपियाँ बरामद गरिएको जारी विज्ञप्तिमा उल्लेख छ ।

पक्राउ पर्नेमा सुदीप शाही, सानुबाबु महर्जन, देवराज पाण्डे, श्याम शाही, सन्तोषकुमार के.सी., राजेश शाक्य, राजु महर्जन, जुजुभाई महर्जन, विजय महर्जन, पृथ्वीराज थापा, आशाकाजी महर्जन, गोबिन्द महर्जन, राजेन्द्र महर्जन, सुरेश खड्गी, आकाश महत, सुनिल शाही, अनिल महर्जन, श्रीओम स्थापित, अशोक विष्ट र मधुसुदन थापा रहेका छन् ।

खड्गबहादुर  तामाङ, अमन शाही, पुर्णकृष्ण भण्डारी, कुमार शाही, छेवाङ लामा, शंकर अवाले, समिरमान सिंह प्रधान, सन्दीप खड्गी, प्रभु साह कलवार, राजेन्द्र शाक्य, उकेश श्रेष्ठ, किशोरकुमार देशार र कुलबहादुर तामाङ पनि पक्राउ परेका छन् ।

Published : Sunday, 2017 October 15, 7:05 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया