उदितनारायणकी पत्नी राजनीतिमा प्रवेश, लिइन पार्टीको सदस्यता

काठमाडौं । गायक उदितनारायण झाकी जेठी पत्नी रञ्जना झा राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)मा प्रवेश गरेकी छिन् ।

रञ्जनालाई राप्रपा (प्रजातान्त्रिक)का अध्यक्ष पशुपति शम्शेर राणाले पार्टीको सदस्यता दिएका छन् । राप्रपा (प्रजातान्त्रिक)बाट राजनीतिक यात्रा सुरु गरेकी रञ्जना प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा पनि उम्मेदवार बन्न सक्ने प्रवल सम्भावना रहेको स्रोतको भनाइ छ ।

उदित नारायण झाले कान्छी पत्नी दीपानारायण गहतराज झासँग विवाह गरेर मुम्बईमा बसेपछि रञ्जना सप्तरीको भारदहमा बस्दै आएकी थिइन् ।

रञ्जना सप्तरीको भारदहमा बेलाबेला मात्रै बस्ने गर्थिन् । उनी धेरै जसो भारतको बिहारस्थित बलुवामा रहेको माइतीको घरमा बस्दै आएकी थिइन् ।

Published : Sunday, 2017 October 15, 6:58 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया