उपेन्द्र यादवले बयान फेरे, कांग्रेसलाई धोका दिने

काठमाडौं । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले वाम गठबन्धनलाई टक्कर लिने सामथ्र्य कांग्रेससँग नरहको टिप्पणी गरेका छन ।

शुक्रबार बिहान कुरा गर्दै अध्यक्ष यादवले जनतामाझ कांग्रेस खुइलिसकेको दाबी गरे । ‘वामपन्थी गठबन्धनसँग कांग्रेसले टक्कर लिन सक्दैन’, उनले भने, ‘पहाडमा वामपन्थीहरू र तराईमा मधेसीहरू जागेका छन् । अब कांग्रेसको पत्तासाफ हुन्छ । कांग्रेसका दिन जाने बेला आइसकेका छन् ।’

संघीय फोरमलाई निर्वाचनमा प्रतिस्पर्धा गर्नका लागि कांग्रेसको बुई चढ्नु पर्ने आवश्यक्ता नरहेको बताए । उनले भने, ‘निर्वाचनका लागि हामी आफै सक्षम छौं । कांग्रेसको बुई चढ्नुपर्ने आवश्यक्ता छैन । लोकतान्त्रिक गठबन्धनमा नबस्दा पनि केही हुँदैन ।’

२ नं. प्रदेशबाट कांग्रेसले केही पनि नपाउने अध्यक्ष यादवको भनाइ थियो । उनले २ नं. प्रदेशमा मधेसी दलहरूले एकलौटी जित्ने दाबी गरे ।

वामपन्थी गठबन्धनमा प्रवेश गर्न सक्ने संकेत गरेका अध्यक्ष यादवले भने, ‘लोकतान्त्रिक गठबन्धन बनेको छैन । बन्ने प्रक्रियामा छ । कांग्रेसका कारण ढिलाइ भएको हो । मैले वामपन्थी गठबन्धनमा जाँदिन भनेर कहिल्यै भनेको छैन ।’

‘म कम्युनिष्ट थिएँ । अहिले म समाजवादी हुँ । वामपन्थी गठबन्धनमा मेरो संलग्नता र सहभागिता हुँदैन भनेको छैन । आवश्यक्ताका आधारमा गठबन्धन बन्ने हो । कसैप्रति आग्रह र पूर्वाग्रह छैन’, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष यादवले भने ।

अध्यक्ष यादवको यस्तो भनाइले लोकतान्त्रिक गठबन्धन झन् संकेटमा पर्ने देखिएको छ ।

Published : Friday, 2017 October 13, 10:48 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया