ओलीले दुखाए चितवनका कार्यकर्ताको मन, देवी ज्ञवाली ‘प्रचण्ड’को ‘कमाण्डर’

काठमाडौं । एमालेका अध्यक्ष केपी ओलीले आफ्नो बोली फेरेका छन् । भरतपुरकाण्डका बेला माओवादी केन्द्रको उछितो काडेका ओलीले सोमबार कान्तिपुर टेलिभिजनसँगको अन्तर्वार्तामा चितवनका नेता कार्यकर्ताको मन दुखाउने अभिव्यक्ति दिएका छन् ।

ओलीको यस्तो अभिव्यक्तिबाट सबैभन्दा बढी चोट भतरपुर महानगरपालिकाका मेयर उम्मेदवार देबी ज्ञवालीलाई परेको छ ।

ओलीले चितवन क्षेत्र नम्बर ३ बाट लड्न लागेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका लागि देबी ज्ञवालीले चुनावी प्रचार गर्ने र भोट हाल्ने अभिव्यक्ति दिएका हुन् । क्षेत्र नम्बर ३ मा भरतपुर महानगरपालिका पर्छ । यहाँ कांग्रेससँग मिलेर प्रचण्डले आफ्नी छोरी रेणु दाहाललाई जिताइ छाडेका थिए ।

अनेकन जालझेल गरी आफूलाई हराएका प्रचण्ड र रेणु दाहालसँग निकै असन्तुष्ट रहेका देबी ज्ञवाली आफूमाथि भएको अन्याय सहदै पार्टीका लागि फेरि मिल्नुपर्ने अवस्था आएपछि उनीमाथि चोट परेको हो । त्यतिमात्रै उनले धेरै नेता कार्यकर्ताले अध्यक्ष ओलीको अभिव्यक्तिको कडा शब्दमा विरोध गर्दै प्रचण्डलाई कुनै हालतमा भोट नहाल्ने बताइरहेका छन् । ‘हिजो हाम्रो अपमान गर्ने प्रचण्ड र रेणु दाहालको पार्टीलाई कुनै हालतमा भोट हालिदैन्’ भन्दै कार्यकर्ताहरू आक्रोश पोखिरहेका छन् ।

कार्यकर्ताले आक्रोश पोखेपनि देबी ज्ञवाली भने अध्यक्ष ओलीको अभिव्यक्तिले चेपुवामा परेका छन् । दुश्मनभन्दा खराब सम्बन्ध रेणु र प्रचण्डसँग रहेका बेला प्रचण्डकै चुनाव प्रचार प्रसार गर्ने अवस्था आएपछि उनले आफू धिक्कारीरहेको उनी निकटस्थहरू बताउँछन् ।

कान्तिपुर टेलिभिजनको सोमबार फायर साइड कार्यक्रममा पत्रकार भुषण दाहालले ओलीलाई सोधे– प्रचण्ड चितवनबाट चुनाव लड्ने कुरा गर्दै हुनुहुन्छ, देवी ज्ञवालीले प्रचण्डको चुनाव प्रचार गरिदिने हो ?

ओलीले भुषण दाहालको प्रश्नको जबाफ दिदैँ भने, ‘राजनीतिमा यो कुरा सामान्य हो । यस्तो भइरहन्छ ।’ उनले राजनीतिमा यसो हुनुलाई सामान्य कुरा भएको बताए ।

ओलीलाई आफ्नो र पार्टीको स्वार्थका लागि यो राम्रो लागेपनि हिजोका दिनमा प्रचण्ड र रेणु दाहालबाट अपमानजनक व्यवहार खेपेका, जित्दाजित्दै पनि हराइएका देबी ज्ञवालीको मन भने पक्कै पनि रोएको हुनुपर्छ ।

Published : Tuesday, 2017 October 10, 5:25 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया