चन्द्रनिगाहपुरमा ‘विप्लव’का नेता पक्राउ

चन्द्रनिगाहपुर । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रौतहटका नेतालाई प्रहरीले पक्राउ गरेको छ ।

‘नेकपा’ रौतहटका ईञ्चार्ज विजयलाल सिंह र सेक्रेटरी विष्णु बरालद्वारा मंगलबार जारी संयुक्त प्रेस विज्ञप्तिअनुसार ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जिल्ला सदस्य कञ्चन लामालाई पक्राउ गरेको हो ।

लामालाई प्रहरीले बृन्द्धावन नगरपालिका वडा नं. २ बलेरीखोरस्थित आफ्नै घरमा बसिरहेका बेला सोमबार अपरान्ह चार बजेतिर पक्राउ गरी लगेको विज्ञप्तिमा उल्लेख छ ।

पक्राउ परेका जिल्ला नेता लामालाई झुठ्ठा मुद्दा लगाउने षड्यन्त्र भएको भन्दै ईञ्चार्ज सिंहले भने, ‘लामालाई फसाउने कार्य नहोस् । तत्काल विनासर्त रिहाइ गरियोस । होइन भने कडा सडक संघर्ष गर्न बाध्य हुने छौँ ।’

‘नेकपा’का जिल्ला ईञ्चार्ज सिंहले राजनीतिक आस्थाका आधारमा जिल्ला सदस्य कञ्चन लामालाई पक्राउ गरेको आरोप लगाए ।

‘राजनीतिक आस्थाका आधारमा युद्धकालीन झल्को दिने गरेर प्रहरीले जिल्ला सदस्य कञ्चन लामालाई पक्राउ गरिएको छ’, उनले भने, ‘प्रहरीको यस्तो कार्यले मुलुकलाई फेरि युद्धमा धकेल्ने कार्य भएको छ ।’

प्रहरीले ‘नेकपा’का अर्का जिल्ला सदस्य कुमार राईको घरमा पनि खानतलासी गरेको छ ।

Published : Tuesday, 2017 October 10, 3:26 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया