गौचन हत्याको आशंकामा हतियारसहित ३ जना पक्राउ

काठमाडौं । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद्कुमार गौचनको हत्या संलग्न भएको आशंकामा प्रहरीले तीन जनालाई प्रकाउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले बौद्ध जोरपाटी क्षेत्रबाट तीन जनालाई पक्राउ गरेको परिसरका प्रमुख एसएसपी रविन्द्र धानुकले बताए ।

उनीहरूको साथबाट प्रहरीले केही राउन्ड गोली र हतियारसमेत बरामद गरेको छ ।

पक्राउ पर्नेमा छिरिङ तामाङ, सञ्जय तामाङ र दिलिप तामाङ रहेका छन् । उनीहरू करिव सवा ३ बजे पक्राउ गरेका हुन् । उनीहरू तीनै जना काभ्रेको रोशी नगरपालिकाका बासिन्दा हुन् ।

Published : Monday, 2017 October 9, 6:43 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया