समिर समूहले लियो हत्याको जिम्मेवारी, जयबहादुरले लिए ‘एक्सन’
![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2017/10/Jagat-Gauchan-Jayabahadur.jpg?resize=810%2C282)
काठमाडौं । महानगरीय प्रहरी कार्यालयका प्रमुख एवम् एआईजी जयबहादुर चन्दले निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनलाई गोली हानेर हत्या गर्ने समूहको खोजतलास सुरु भइसकेको जानकारी दिएका छन् ।
एआईजी चन्दले राजधानी उपत्यकाभित्र सबै नाकाहरूमा कडा चेकजाँच र निगरानी गरिएको बताए । ‘शरदकुमार गौचनलाई गोली हानेका सूचना पाउनेवित्तिकै प्रहरीको टोली ‘मुभ’ भइसकेको छ’, उनले भने, ‘हत्यमा संलग्न सम्भावित व्यक्तिहरूको सूची तयार पारेर खोजतलास भइरहेको छ ।’
एआईजी चन्दले अपराधीले कुनै पनि हालतमा उन्मुक्ति नपाउने भन्दै अपराधीलाई छिट्टै पक्राउ गरिने बताए । चन्दले गोली हान्ने समूहको नजिक पुगिसकेको समेत बताए । ‘हामी गोली हान्ने समूहको नजिक पुगिसकेका छौँ’, उनले भने, ‘रिजल्ट छिट्टै आउँछ ।’
एआईजी चन्दले गौचनको हत्यामा संलग्नहरूलाई खोजतलास गर्ने क्रममा राजधानीमा सुरु भएको चेकजाँच र खानतलासीबाट सर्वसाधारणलाई पर्न गएको असुविधानप्रति दुःखि रहेको बताएका छन् ।
यसैबीच, अध्यक्ष गौचनलाई गोली प्रहार गरेको जिम्मेवारी गुन्डा नाइके समिर बस्नेतको समूहले लिएको छ ।
रुपन्देहीमा मनोज तिवारीलाई गोली हानेर हत्या गर्ने सो समूहले काठमाडौं प्रहरी प्रमुख एसएसपी रविन्द्र धानुकलाई फोन गरेर जिम्मेवारी लिएको स्रोतको भनाइ छ ।
कहिले बैंकक त कहिले भारतमा लुकेर बस्दै आएका बस्नेत मनोज पुन समूहमा आवद्ध छन् ।
प्रहरी इन्काउन्टरमा मारिएका डन कुमार श्रेष्ठ ‘घैंटे’का खास सहयोगी बस्नेत निकट लोप्साङ राईले काठमाडौं परिसर प्रमुख एसएसपी धानुकलाई फोन गरी घटनको जिम्मा लिएको बताइएको छ ।
प्रहरीले त्यसबारेमा अनुसन्धान अगाडि बढाएको छ । यसअघि काभ्रेली गुण्डा नाइके दावा लामामाथिको गोली प्रहारको घटनामा पनि राइले काठमाडौंका तत्कालीन एसएसपी छविलाल जोशीलाई फोन गरी घटनाको जिम्मा लिएका थिए । सो गोलीकाण्डको घटना अहिलेसम्म रहस्यमय नै छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/07/Sherbahadur-Deuba-1-1.jpg?resize=200%2C200)
सभापति देउवाले विश्वासको मत दिँदा दिएको अभिव्यक्ति
शेरबहादुर देउवा, सभापति एवं नेता संसदीय दल, नेपाली कांग्रेस![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/07/Sudarshan-Thapaliya.jpg?resize=200%2C200)
यसमा तपाइको मत