अध्यक्ष गौचनमाथि मध्य काठमाडौंमा गोली प्रहार

काठमाडौं । देशभरिका निर्माण व्यवसायीहरूको छाता संगठन नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनमाथि नयाँ वानेश्वरको खरीबोटमा गोली प्रहार भएको छ ।

दुई राउन्ड गोली लागेर ढलेका उनलाई तत्काल नजिकैको सिभिल अस्पताल पुर्‍याइएको छ ।

अस्पतालको इमर्जेन्सीमा उनको उपचार भइरहेको छ । टाउको र छातीमा गोली लागेको चिकित्सकले जनाएका छन् । सिभिल अस्पताल स्रोतका अनुसार उनको अवस्था गम्भीर छ ।

मोटरसाइकलमा आएका व्यक्तिले उनीमाथि गोली प्रहार गरी भागेको प्रहरीले उल्लेख गरेको छ ।

अस्पतालको इमर्जेन्सीमा उनको उपचार भइरहेको छ । टाउको र छातीमा गोली लागेको चिकित्सकले जनाएका छन् ।

सिभिल अस्पताल स्रोतका अनुसार उनको अवस्था गम्भीर छ । प्रहरीले घटनामा संलग्नको खोजी गरिरहेको जनाएको छ ।

Published : Monday, 2017 October 9, 4:20 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया