संघीय फोरमका सांसद शाहले पार्टी छाडे, कांग्रेसप्रति लचक

कपिलवस्तु । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी पार्टीका उपमहासचिव एवम् सांसद् अभिशेषप्रताप शाहले माउ पार्टी छाडेको घोषणा गरेका छन् ।

कपिलवस्तुमा मंगलबार पत्रकार सम्मेलन गरेर सांसद शाहले मधेसको मुद्दामा संघीय समाजवादी पार्टीले केही गर्न नसकेको भन्दै पार्टी छाडेका हुन् ।

सांसद शाहले कुन पार्टीमा प्रवेश गर्ने स्पष्ट नजनाए पनि कांग्रेसमा प्रवेश गर्न सक्ने निकटका सहयोगीहरूले बताएका छन् । सांसद शाह संविधान सभाको दोस्रो निर्वाचनका बेला कपिलवस्तु– ५ बाट निर्वाचित भएका हुन् ।

Published : Tuesday, 2017 October 3, 3:48 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया