ओली–दाहालको योजना पूरा नहुने, देउवाले उठाए ‘कठोर’ कदम, संसद विघठनको तयारी

काठमाडौं । एमालेले कांग्रेस–माओवादी केन्द्रको गठबन्धन भत्काउन हदैसम्मको क्रियाकलाप गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्र र संविधानको रक्षाका लागि कठोर कदम उठाउने तयारी गरेका छन् ।

एमालेसँग पार्टी एकीकरणको बहानामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेससँगको गठबन्धन तोड्ने तयारी गरेपछि देउवाले पनि संसद भङ्ग गर्ने तयारी गरेको बालुवाटारको उच्च स्रोतले जनाएको छ । वर्तमान संसदको आयू कात्तिक ४ गतेसम्म मात्रै छ । यो अवधिमा एमाले अध्यक्ष केपी ओलीसँग मिलेर अध्यक्ष दाहालले आफू पुनः प्रधानमन्त्री बन्नका लागि भित्रभित्रै तयारी गरेपछि देउवाले पनि संसद विघठन गरेर वामपन्थीहरूको योजना चकनाचुर बनाइ दिने रणनीति लिएका हुन् ।

एमाले र माओवादी केन्द्रले आफूलाई अफ्ठेरो बनाएमा के गर्ने भनेर प्रधानन्यायाधीश र कांग्रेस निकट कानून व्यवसायीहरूसँग परामर्श गरेको उच्च स्रोतको भनाइ छ ।

प्रधानमन्त्री देउवासँगको परामर्शका क्रममा कानून व्यवसायीहरूले लोकतन्त्र र संविधान विरुद्ध एमाले र माओवादी केन्द्रसहितका दलहरूले कुनै पनि कदम उठाउना साथ संसद विघठन गरेर तोकिएको समयसीमाभित्र दुबै निर्वाचन गराउन सुझाव दिएका छन् ।

अधिवक्ता डा.भीमार्जुन आचार्यले भरख बनेको संविधान र लोकतन्त्रमाथि खतरा उत्पन्न भएको प्रतिक्रिया दिए । ‘संविधान कार्यान्वयन गर्न नदिने खेल एमाले र माओवादी केन्द्रले सुरु गरेका छन्’, उनले भने, ‘अहिले सबै निर्वाचनमा होमिने बेलामा यो नौटंकी गरेर संविधान र लोकतन्त्र विरुद्धका कार्य भएको छ ।’

केही दिन अगाडि एमाले अध्यक्ष ओलीले सर्वोच्च अदालत र प्रधानन्यायाधीश पराजुलीमाथि प्रश्न उठाउँदै ‘कांग्रेसको मान्छे’ भनेर टिप्पणी गरेका थिए ।

प्रधानमन्त्री देउवाले आफूलाई अफ्ठ्यारो पर्नेवित्तिकै एमाले र माओवादी केन्द्रलाई ‘साइज’ ल्याउने तयारी गरेको स्रोतको भनाइ छ । देउवाको तयारी बुझेपछि माओवादी केन्द्रका अध्यक्ष दाहालले तत्काल आफूले सरकारलाई दिएको समर्थन फिर्ता नलिने भनेर निकटका नेताहरूसँग परामर्श गरेका छन् ।

एमालेसँग ललितपुरस्थित माओवादी केन्द्र निकट मानिने ठेकेदारको निवासमा मंगलबार भएको वार्तामा पनि दाहालले संसद विघठनको कुरा उठाएका थिए । जवाफमा अध्यक्ष ओलीले संसद विघठन भयो भने त्यसको सामना गर्न तयार रहेको बताएका थिए ।

एमाले र माओवादी केन्द्रको मनस्थिति बुझेपछि देउवाले मन्त्रिपरिषदको बैठक बोलाएर संसद विघठनको प्रस्ताव पारित गराउने याजना बनाएका छन् । आफू निकटका नेता र मन्त्रीहरूलाई देउवाले पालैपालो बोलाएर आफ्नो योजना सुनाएका छन् ।

एमाले र माओवादी केन्द्रबीचको नयाँ गठबन्धन बन्नेवित्तिकै देउवाले मन्त्रिपरिषदबाट संसद विघठन गर्ने र देशवासीका नाममा सम्बोधनको तयारी समेत गरेको स्रोतको भनाइ छ । देउवाले पहिला संसद विघठन गरेर मात्रै राष्ट्रपतिलाई भेट्ने योजना बनाएका छन् । त्यसपछि संसद विघठनको मन्त्रिपरिषदको निर्णय अनुमोदन गर्न राष्ट्रपतिमाथि दबाब पर्नेछ ।

बालुवाटार उच्च स्रोतका अनुसार देउवाले संसद विघठन गरेर प्रधानन्यायाधीश गोपाल पराजुलीलाई प्रधानमन्त्री बनाउने तयारी समेत गरेका छन् । दुई वटै निर्वाचन तोकिएको समयमा गर्नका लागि देउवाले यस्तो योजना बनाएका हुन् ।

तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मीलाई अन्तरिम मन्त्रिपरिषदको अध्यक्ष बनाए जस्तै देउवाले यस पटक पनि पराजुलीलाई प्रदेश सभा र प्रतिनिधिसभा चुनाव सम्पन्न गराउन प्रधानमन्त्री बनाउने तयारी गरेका हुन् ।

एमाले र माओवादी केन्द्रले यो कुरा पनि राम्रोसँग बुझेको स्रोतको भनाइ छ । यदि यस्तो अवस्था आयो भने त्यसको सबै भागिदार एमाले र माओवादी केन्द्र बन्नु पर्नेछ ।

ओलीले दाहाललाई देउवाविरुद्ध अविस्वासको प्रस्ताव ल्याएर हटाउने र प्रधानमन्त्री बनाउने आश्वासन दिएका छन् । तर, यो योजना पूरा हुने अवस्था झिण हुँदै गएको छ । तिहार अगाडि प्रधानमन्त्री बन्ने दाहालको योजना चकनाचुर बन्ने भएको छ ।

Published : Tuesday, 2017 October 3, 2:57 pm

1 प्रतिकृया प्राप्त “ओली–दाहालको योजना पूरा नहुने, देउवाले उठाए ‘कठोर’ कदम, संसद विघठनको तयारी”

  • chunaab ko mukha ma aayar yesto garno bhaneko jantaa lai bhadkau kam ra raatra lai dukha dine kam garirahe ka parchandra ra kp ji lai yasto na garna aagra
    yata kura ke bhane ni kp ji congress dekhe ra yati chai kina darako holan

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया