यी हुन् माओवादी सिध्याउन ओलीसँग ३० करोड लिने नेता

काठमाडौं । एमाले–माओवादी केन्द्रबीच हुन लागेको चुनावी तालमेल र पार्टी एकीकरणको विषयमा दुबै पार्टीभित्र खैलाबैला मच्चिएको छ ।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र टोपबहादुर रायमाझीको दवावमा एमालेसँग एकीकरणको चर्चा चलिरहेको छ । श्रेष्ठ र रायमाझीले नै एमालेसँग पार्टी एकीकरणको दवाव दिएका हुन् ।

हुन त एक महिना अगाडि नै माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ एमालेमा प्रवेश गर्दै छन् भन्ने समाचार सम्प्रेषण गरेको थियो । समाचार सम्प्रेषण भएपछि श्रेष्ठले फेसबुकमा स्ट्याटस लेखेर खण्डन गरेका थिए ।

तर, नेता श्रेष्ठले फेसबुकमा लेखेको स्ट्याटसको मसी सुक्न नपाउँदै माओवादी केन्द्र एमालेसँग एकीकरण गर्ने निर्णय सोमबार बेलुका बाहिरिएको छ । माओवादी केन्द्रको केन्द्रीय कार्यालयको निर्णय र एमालेले गरेको सहमतिसँगै समाचारको पुष्टि भएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू र आफ्नो पार्टीलाई उचाइँमा लगीरहेका बेला एकाएक एमालेसँगको पार्टी एकीकरणले दुबै पार्टीभित्र असन्तुष्टि बढेको हो । प्रचण्डको लोकप्रियता समाप्त पार्न केपी ओलीको डिजाइनमा श्रेष्ठ र रायमाझीले भूमिगतशैलीमा काम गरेको आरोप छ ।

एमालेका अध्यक्ष केपी ओलीको आर्थिक र व्यक्तिगत पदीय स्वार्थमा लोभिएका नेता श्रेष्ठको दवावमा माओवादी केन्द्रलाई समाप्त पार्न लागेको नेताहरूको भनाइ छ । श्रेष्ठलाई माओवादी केन्द्रका अर्का नेता टोपबहादुर रायमाझीले साथ दिइरहेका छन् ।

स्रोतका अनुसार माओवादी केन्द्रलाई एमालेमा बिलय गराउन नेता श्रेष्ठ र रायमाझीले ओलीसँग ३० करोड रुपियाँ लिएका छन् । सो रकम चीनले ओलीलाई उपलब्ध गराएको दाबी गरिएको छ ।

माओवादी केन्द्रले स्थानीय तहमा जितेको सिट संख्या र प्रचण्डले पाएको राजनीतिक उचाइँलाई एमाले र माओवादी केन्द्रका नारायणकाजीसहितका नेताहरूलाई फिटिक्कै मन नपरेको बताइन्छ । सोही कारण माओवादी केन्द्र र प्रचण्डलाई डुबाउन यति ठूलो ‘गेमप्लान’ ओलीसहितका एमाले नेताहरूले गरेको खुलासा भएको छ ।

कांग्रेसका कारण माओवादी केन्द्रले स्थानीय तहमा उल्लेख्य सिट जितेको स्थानीय नेता तथा कार्यकर्ताहरूले बताउँदै आएका छन् ।

प्रदेश र संसदको निर्वाचन आउन थोरै समय हुँदा एमालेका नेताहरूको भ्रममा परेर हुन लागेको चुनावी तालमेल र पार्टी एकीकरणको कुरालाई माओवादीभित्र रुचाइएको छैन । एमालेका बहुमत नेताहरूले पनि यो विषयलाई नरुचाएको बताइएको छ ।

Published : Tuesday, 2017 October 3, 10:57 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया