अकस्मात एमालेले किन बोलायो केन्द्रीय कमिटी ? यस्तो छ कारण
काठमाडौं । नेकपा (एमाले)ले मुलुकको पछिल्लो राजनीतिक अवस्था, प्रदेश र संसदको निर्वाचन तयारीका विषयमा छलफल गर्न केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।
असोज ६, ७ र ८ गते काठमाडौंमा बस्ने बैठकमा निर्वाचन तयारीका विषयमा छलफल हुने एमाले स्थायी समिति सदस्य एवम् संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए । केन्द्रीय कमिटीमा मुलुकको वर्तमान राजनीतिक अवस्थाका बारेमा पनि छलफल हुने बताए ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा शुक्रबार सञ्चारकर्मीसँगको अनौपचारिक कुराकानीका क्रममा उपनेता नेम्वाङले असोज पहिलो साता केन्द्रीय कमिटी बैठक बोलाएको जानकारी दिए ।
‘प्रदेश र संसदको निर्वाचनको कार्यतालिका सार्वजनिक भइसकेको छ’, उनले भने, ‘निर्वाचनको तयारीमा कसरी अगाडि बढ्ने भन्नेबारेमा सल्लाह र सुझावका लागि बैठक बोलाइएको हो ।’
स्थानीय तहको दुई चरणको निर्वाचनमा पहिलो पार्टी बन्न सफल भएको एमालेले प्रदेश र संसद निर्वाचनमा पनि आफ्नो पक्षमा बहुमत आउने दाबी गर्दै आएको छ ।
अहिलेको चुनावी
मैदानमा जसरी एक ढिको
लागेको छ त्यसरी नै
देशको बिकासमा लागे राम्रो
हुन्थ्यो होला