देउवाले बल्ल खोले एमालेको भित्री ‘राज’, कांग्रेसीलाई उत्पन्न भयो ‘उर्जा’

कलैया । प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेका कारण संविधान संशोधन हुन नसकेको बताएका छन् ।

बाराको सदरमुकाम कलैयामा नेपाली कांग्रेसले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले ढिलै भए पनि तराई–मधेशका जनताको अधिकार सुनिश्चित गर्नका लागि संविधान संशोधन गरेरै छाड्ने दृढता व्यक्त गरे ।

नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवाले एमाले पार्टी मुलुकमा विखण्डन ल्याउन खोजेको कुरा मधेसका जनता बुझिसकेको बताए । मधेशी जनताको अधिकार प्रवद्र्धनका लागि कांग्रेसका उम्मेदवारलाई विजयी गराउन सबै मतदातामा देउवाले आग्रह गरे ।

‘पहाडवादको खोक्रो नारा दिएर मुलुकको विकास हुन सक्दैन्’, उनले भने, ‘एमालेले हिमाल, पहाड र तराईका जनताको सम्मान हुने काम गर्नुपर्दछ ।’

सभापति देउवाले कांग्रेस मधेसको भूमिबाट जन्मेको पार्टी भएकाले तराई– मधेसको रक्षा गर्ने दायित्व पनि कांग्रेसकै काँधमा आएको बताउँदै कांग्रेसले अन्तिम समयसम्म मधेसको अधिकारका लागि लडिरहने प्रतिबद्धता व्यक्त गरे । दुई नम्बर प्रदेशमा नेपाली कांग्रेस पहिलो पार्टी हुने दाबी पनि उनले गरे ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तराईको भूमिमा नै रामनारायण मिश्र, शेख इद्रिश, भागवत् यादव, थिरबम मल्ल, रामनारायण मिश्र जस्तो योद्धा जन्मेको र कांग्रेसका लागि निकै ठूलो योग्दान गरेको स्मरण गर्दै तराई–मधेसको विकास र समृद्धिका लागि उनीहरूले देखेको सपना कांग्रेसले पूरा गराएरै छाड्ने प्रतिबद्धता जनाए ।

Published : Friday, 2017 September 15, 5:49 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया