युरोपमा नेपालीले नेपालीलाई हाने छुरा, तत्कालै मृत्यु

लिस्बन (पोर्चुगल) । युरोपेली मुलुक पोर्चुगलमा एक नेपालीले अर्का नेपालीको छुरा हानी हत्या गरेका छन् ।

चार वर्षदेखि पोर्चुगल बस्दै आएका पर्वत मल्लाजका ४४ वर्षीय हरिबहादुर जिसीलाई मंगलबार राति लिस्बनस्थित क्याम्पो पिक्यानोे मेट्रो स्टेशन नजिकैको खुला सडकमा धादिङ खहरे घर भएका अर्जुन सापकोटाले छुरा प्रहार गरी हत्या गरेका हुन् ।

छुरा प्रहारबाट जिसीका आफ्नै सहोदर भाई ओमबहादुर जि.सी. पनि घाइते भएका छन् । भाईलाई भेट्न गएका उनलाई भाईसँगै सोही स्थानमा रहेको एक चाईनिज रेष्टुरेष्टमा कार्यरत सापकोटाले रेष्टुरेण्ट नजिकैको सडकमा छुरा प्रहार गरेका हुन् । छुरा प्रहारपछि सापकोटा फरार भएका छन् ।

रेष्टुरेण्टमा काम सकाएर दुई दाजुभाई घरतर्फ जाने क्रममा मेट्रो स्टेशन नजिकैको सडकमा उनीहरूमाथि सापकोटाले छुरा प्रहार गरेका थिए । घटना लगत्तै प्रत्यक्षदर्शी एक नेपालीले रेष्टुरेण्ट सञ्चालकलाई खबर गरेपछि प्रहरीले दुबैजनाई अस्पताल पुगाएको थियो ।

पेटमा छुरा प्रहार गरिएका जि.सी.लाई तत्कालै अस्पताल लगिएको भएपनि अस्पतलाले उनलाई मृत घोषणा गरेको थियो ।

छुरा प्रहारबाट घाईते भएका भाई ओम बहादुरको अस्पतालमा उपचारपछि बुधबार नै डिस्चार्ज गरिएको छ । उनको टाउकोमा गम्भीर चोट लागेको छ ।

४ दिनदेखि रेष्टुरेण्टमा काम गर्न थालेका सापकोटालाई रेष्टुरेष्ट सञ्चालकले आइतबार कामबाट निकालिदिएपछि सोही विषयलाई लिएर भाई ओमबहादुर जिसीसँग बिवाद भएको थियो ।

ओमबहादुर जिसीका कारण रेष्टुरेष्ट सञ्चालकले आफूलाई कामबाट निकालेको भन्दै रुष्ट बनेका सापकोटाले उनीहरूमाथि छुरा प्रहार गरेको प्रारम्भीक अनुमान गरिएको छ । हत्या भएका हरिबहादुर जि.सी.का श्रीमती र दुई छोरी छन् ।

Published : Friday, 2017 September 15, 9:27 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया