तराईमा कांग्रेसको पक्षमा माहोल बनाउँदै युवा नेता प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता प्रदीप पौडेलले तराईका विभिन्न जिल्लामा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै मधेश समृद्ध भए मात्र सिंगो नेपाल समृद्ध हुन सक्ने धारणा व्यक्त गरेका छन् ।

देशलाई समृद्ध बनाउन आवश्यक जमीन, जल र जनशक्ति सबै मधेशमा मात्र रहेकाले मधेश नेपालको मध्यदेश भएको नेता पौडेलले बताए । पौडेलले कांग्रेस बाहेक अन्य कुनै दलले मधेशको समस्या सम्बोधन गर्न नसक्ने ठोकुवा गरे ।

मधेस कांग्रेसको आत्मा भएको पनि उनले बताए । मुलुकमा हावी हुँदै गएको अतिवादी सोँचको मारमा मधेश परेको पौडेलको भनाइ छ ।

Published : Thursday, 2017 September 14, 7:11 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया