ग्लोबल आइएमई बैंकलाई २ अर्व नाफा, २० प्रतिशत बाँड्ने

काठमाडौं । ग्लोबल आइएमई बैंकले आ.व.२०७३/०७४ मा २ अर्व ६१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

बैंक संचालक समितिको बैठकले नेपाल राष्ट्र बैंक तथा बैंकको वार्षिक साधारण सभाको स्वीकृति पश्चात आ.व.२०७३/०७४ को वितरण योग्य मुनाफा समेतबाट आफ्ना शेयरधनीलाई २० प्रतिशत लाभांश ( १० प्रतिशत बोनश शेयर र १० प्रतिशत नगद लाभांस) वितरण गर्ने प्रस्ताव पारित गरेको बुधबार जारी विज्ञप्तिमा उल्लेख छ ।

बोनश शेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी ८ अर्व ८८ करोड रुपैयाँ पुग्नेछ । बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दे आइरहेको छ ।

बैंकले भारत तथा अष्ट्रेलियमा प्रतिनिधि कार्यालय खोली कार्य गर्दै आएको छ भने बेलायतमा छिट्टै नै प्रतिनिधि कार्यालय खोल्ने क्रममा रहेको छ ।

१ खर्ब २ अर्व निक्षेप, ८४ अर्व ९६ करोड कर्जा लगानी रहेको बैंकको हाल ११२ वटा शाखाहरु, १४ वटा राजश्व संकलन काउण्टर, ११९ एटिएम, ५ वटा एक्सटेन्सन काउण्टर तथा ४६ शाखा रहित बैंकिङ्ग सेवा रहेका छन् ।

Published : Wednesday, 2017 September 13, 6:37 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया