एमालेको पछि लाग्दा कहाँ–कहाँ चिप्लिए सिलवाल ?

– विनोद नेपाली

काठमाडौं । ‘चेन अफ कमाण्ड’ र पदीय मर्यादा विपरितका गतिविधि गर्दै आएका डिआइजी नवराज सिलवालको रिट निवेदन सर्वोच्च अदालतले खारेज गरेर नेपाल प्रहरीको गरिमा बढाइदिएको छ ।

प्रहरीको नियमावली र मन्त्रिपरिषदको विशेषाधिकारलाई चुनौती दिँदै सर्वोच्च अदालत पुगेका सिलवाललाई यो फैसला आउँछ भन्ने पूर्वानुमान हुनपर्छ । किन भने अहिलेको सर्वोच्च अदालतका प्रधानन्यायाधीश र न्यायाधीशहरूलाई प्रभावमा पार्न सकिँदैन भन्ने कुरा सिलावलले राम्रोसँग बुझेका थिए ।

तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीले गरेका आदेशलाई अहिलेका प्रधानन्यायाधीश गोपाल पराजुलीसहितको पूर्ण इजलासले कुनै तुक थिएन भनेर उल्ट्याउनुलाई त्यस बेला के भएको रहेछ भन्ने प्रस्ट भएको छ ।

नेपाल प्रहरीको चेन अफ कमाण्ड नमानेर आफूभन्दा सिनियर हाकिमहरूको मानपर्दैन गर्दै हिँडेका डिआइजी सिलवालले गलत व्यक्तिहरूको सल्लाह र सुझावका कारण यो हवीगती व्यहोर्नु परेको हो ।

सिलवालले कहिल्यै पनि सहि सल्लाह पाएनन् । आफ्ना व्याजीहरूको विरुद्ध समाचार लेखाएर मानमर्दन गर्नुभन्दा अरु कुनै पनि राम्रो काम उनले गर्न सकेनन् ।

त्यति मात्रै होइन नेपाली कांग्रेसका सभापति तथा अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध जनमत सिर्जना गर्न सिलवालले ठूलो भूमिका खेले । उनीले नेपाली कांग्रेस र सभापति देउवा तथा माओवादी केन्द्रविरुद्ध लगातार खनिन पुगे ।

डिआइजी सिलवालले अर्को ठूलो गल्ती एमाले अध्यक्ष केपी ओलीको शरणमा गएर ‘मलाई आइजीपी बनाइदिनु पर्‍यो’ भन्ने जस्ता क्रियाकलापले पनि नोक्सानी भएको छ ।

शुम्भु थापा, टीकाराम भट्टराई, भीमार्जुन आचार्य जस्ता वामपन्थी अधिवक्ताहरूले पनि सिलवाललाई कहिल्यै राम्रो सल्लाह दिएनन् । बरु सधै डिआइजी सिलवाललाई उचालेर राज्यसँग लड्न उकासीरहे । त्यसको बेफाइदा शम्भु थापा, भीमार्जुन आचार्य र टीकाराम भट्टराईलाई भएन, सिलवाललाई नै भयो ।

यदि एमाले र एमालेका नेता तथा शम्भु थापा, भीमार्जुन आचार्य, टीकाराम भट्टराईहरूले डिआइजी सिलवाललाई नेपाल प्रहरीको चेन आफ कमाण्ड मानेर सरकारको निर्णयलाई सिरोधार्य गरेको भए डिआइजीबाट राजीनामा दिने अवस्था आउने थिएन ।

सिलवालले राज्यलाई चुनौती दिएको मूल्य चुकाउनु परेको छ । सिलवालको मुद्दाबाट बरु अधिवक्ताहरू ढाडे विरालो जस्तै मोटाएका छन् । शम्भु थापा, भीमार्जुन आचार्य, टीकाराम भट्टराईहरू ओडारभित्र बसेर सिलवालको पराजयको जस्न मनाइ रहेका छन् ।

आफ्ना समकक्षीहरूको मिडियाबाट मानमर्दन गरेको मूल्य चुकाउनु परेको छ । नेपाल प्रहरीको अबमूल्यन गरेको मूल्य डिआइजी सिलवालले अहिले आएर चुकाएका छन् ।

कुनै बेला अत्यन्तै शक्तिशाली व्यक्ति हुँभन्दै हिँड्ने गरेका सिलवाले केही सीमित व्यक्तिको उक्साहटको फल भोग्नु परेको छ । ‘पाप धुरीबाट कराउँछ’ भन्ने बुढापाकाहरूको उखान डिआइजी सिलवालका लागि ठ्याक्कै मिलेको छ ।

कुनै बेलाका शक्तिशाली व्यक्तिहरू खुमबहादुर खड्का, चिरञ्जीवी वाग्ले, जयप्रकाश प्रसाद गुप्ता, गोविन्दराज जोशी, लोकमान सिंह कार्कीहरूको दिन जरी गए त्यसै गरी डिआइजी सिलवालको पनि समय सक्किएको छ । अब सिलवालले एमालेको राजनीति गर्नुभन्दा अर्को विकल्प छैन । एमालेको झण्डा बोकेर चुनावी प्रचारमा निस्किए हुन्छ ।

Published : Wednesday, 2017 September 13, 11:12 am

1 प्रतिकृया प्राप्त “एमालेको पछि लाग्दा कहाँ–कहाँ चिप्लिए सिलवाल ?”

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया