खड्कालाई कारबाही गर्न सिफारिस

काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई कारबाही आपूर्ति मन्त्रालयले सिफारिस गरेको छ ।

सोमबार साँझ आपूर्ति मन्त्रालयका सचिव कृष्ण देवकोटाले खड्कालाई कारबाहीका लागि मन्त्रीपरिषद् लैजाने निर्णय गरेका हुन् । खड्कालाई कारबाही सिफारिसपछि सचिव देवकोटा सोमबार राति नै चीन भ्रमणमा गएका छन् ।

व्यवस्थापिका संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले खड्काले तीन महिनाका लागि पेट्रोलियम पदार्थ भण्डारण गर्न खरिद गरेको जग्गामा अनियमितता गरेको ठहर गरेको थियो ।

खड्कालाई निगमबाट आपूर्ति मन्त्रालय तान्ने तयारी भइरहेको स्रोतको दावी छ ।

जग्गा अध्ययन गर्न गठित उपसमितिले स्थलगत अध्ययनपछि पेस गरेको प्रतिवेदनमा चलेको मूल्यभन्दा १० गुणा बढीसम्म तिरेर खरिद गरिएको उल्लेख छ ।

निगमले झापा, सर्लाही, चितवन र रुपन्देहीमा ९० दिनसम्म पुग्ने गरी पेट्रोलियम पदार्थ भण्डारण गर्ने संरचना निर्माण गर्न बोलपत्रका माध्यमबाट जग्गा खरिद गरेको थियो ।

समितिले निगमले तीन महिनाका लागि पेट्रोलियम पदार्थ भण्डारण गर्न खरिद गरेको जग्गामा अनियमितता भएको प्रतिवेदन पारित गरेको थियो ।

Published : Tuesday, 2017 September 12, 11:05 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया