पूर्व सांसदका छोरा पक्राउ, बम पड्काएको आरोप

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका– ८ आदर्शनगरस्थित संघीय समाजवादी फोरम नेपालका वडाध्यक्षका उम्मेदवार रमाकान्त चौरसियाको घरमा अपरिचित समूहले बम विष्फोटगराएको छ ।

सोमबार साँझ करिव सात बजे अपरिचित समूहले चौरसियाको घरमा बम विफोष्ट गराएको स्थानीयले बताएका छन् । विष्फोटको जिम्मेवारी कसैले लिएको छैन ।

यसैबीच, स्थानीय तहको निर्वाचन विथोल्ने गतिविधि गरेको आरोपमा प्रहरीले वीरगञ्ज महानगरपालिका– ११ श्रीपुरबाट पूर्वसांसद स्लाम हवारीका छोरा चारुक हवारीलाई पक्राउ गरेको छ ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता हवारीलाई सोमबार राति प्रहरीले घरबाटै पक्राउ गरेको नेकपा पर्साले जनाएको छ ।

उता, अपरिचित समूहले पर्साकै बहुदरामाई नगरपालिका– १३ मा पनि सोमबार राति बम विष्फोट गराएको छ ।

यता, बाराको कलैया उपमहानगरपालिका– २३ हथौडास्थित वडा कार्यालयमा पनि अपरिचित समूहले शक्तिशाली बम विष्फोट गराएको स्थानीयले बताएका छन् ।

विष्फोटबाट वडा कार्यालयमा सामान्य क्षति पुगेको छ । बाराकै फेटा गाउँपालिका– १ सिसनिया बुथकेन्द्रमा पनि बम विष्फोट भएको छ ।

सिरहामा व्यापारी पशुपति चौधरीको घर नजिकै अपरिचित समूहले बम विष्फोट गराएको छ । प्रहरीले बम विष्फोटन नेकपाले गराएको आशंका गरेको छ ।

Published : Tuesday, 2017 September 12, 10:58 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया