सर्लाहीमा मेयरको घरमा टाइम बम विष्फोट

सर्लाही । सर्लाही जिल्लामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) समर्थक सुकुम्वासीहरूले सागरनाथ वन परियोजनाको कार्यालयमा आक्रमण गरेका छन् ।
सुकुम्वासीहरूले सोमबार सागरनाथ वन परियोजनाको सहायक अफिसमा आगजनी गर्नुका साथै कर्मचारीहरूमाथि हातपात गरेको स्रोतलेजनाएको छ । सुकुम्वासीहरूको आक्रमणबाट भवनमा क्षति पुगेको बताइएको छ ।
मेयरको घरमा टाइम बस
यसैबीच, बागमती नगरपालिकामा माओवादी केन्द्रबाट मेयरका उम्मेदवार बनेका भरत थापाको घरमा टाइम बम विष्फोट भएको छ । विष्फोटबाट क्षति भने भएको छैन ।
धनुषामा शिक्षकहरू पक्राउ
धनुषा प्रहरीले ‘नेकपा’ निकट मानिने दुई शिक्षक र दुई कार्यकर्तालाई पक्राउ गरेको छ । निर्वाचन विथोल्ने र बम पड्काउन सक्ने आशंकामा चार जनालाई पक्राउ गरेको स्रोतको भनाइ छ ।
नेकपा धनुषाले प्रहरीले निर्दोष शिक्षक र कार्यकर्ताहरूलाई पक्राउ गरेको भन्दै कडा आपत्ति जनाएको छ । नेकपाले पक्राउ परेका सबैलाई रिहाइ गर्न माग गरेको छ ।
पक्राउ पर्नेमा शिक्षकद्वय मलट महतो र जगदीश राय तथा धिरसागर दास र गंगाराम दनुवार रहेका छन् । प्रहरीले नेकपाका महोत्तरीका प्रभावशाली नेता बाबुलाल लामालाई पनि पक्राउ गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

गृहमन्त्रीका एक वर्ष : नीतिगत र कानूनी सुधारमा व्यापकता
शेरबहादुर सिंह
कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
यसमा तपाइको मत