संविधान कार्यान्वयनको चरणमा छौँ : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले महिलाहरूको अधिकार र समान सहभागिताका लागि संविधान मैत्रीपूर्ण रहेको बताएका छन् ।

काठमाडौंमा सोमबार बिहान आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले नयाँ संविधानले महिलाहरूको अधिकार स्थापित गरेको दाबी गरे ।

‘हामी संविधान कार्यान्वयनको चरणमा छौँ’, उनले भने, ‘संविधानले महिला अधिकारका लागि धेरै अधिकार स्थापित गरेको छ ।’

प्रधानमन्त्री देउवाले संविधानले दिएको अधिकारअनुसार नै स्थानीय तहको निर्वाचनमा महिलाहरूको उल्लेख्य सहभागिता भएको बताए ।

‘स्थानीय तहमा थुप्रै महिलाहरू निर्वाचित हुनुभएको छ’, उनले भने, ‘हरेक क्षेत्रमा महिलाको ४० प्रतिशत सहभागिता हुन्छ ।’

कार्यक्रममा उद्योगपति विनोद चौधरीले व्यापारमा आफूले पाएको सफलताका बारेमा छाटो मन्यतब्य राखेका थिए । उनले समय र संघर्षलाई मिलाउने हो भने मानिसको जीवनमा सबै कुरा सम्भव रहेको बताएका थिए ।

Published : Monday, 2017 September 11, 1:55 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया