करातेमा पाँचखाल टिम च्याम्पियन
![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2017/09/Karate.jpg?resize=810%2C461)
काठमाडौं । पाँचखाल डोजोले दोश्रो राष्ट्रिय खुला सितोरियो सोबुकान कराते प्रतियोगिताको उपाधि जितेको छ । पाँचखालले ३ स्वर्ण, ४ रजत र ४ कांस्य जित्दै टिम च्याम्पियनको उपाधि चुम्यो ।
न्यातपोल क्लासिकको मुख्य प्रायोजन तथा मध्यपुर थिमी नगरपालिकाको सहयोगमा नेपाल सोबुकान सितोरियो कराते संघद्वारा आयोजित प्रतियोगितामा इचंगुनारायण डोजो ३ स्वर्ण, ३ रजत र २ कांस्यसाथ दोश्रो भयो । ३ स्वर्ण, १ रजत र १ कांस्यसाथ स्वयम्भू डोजोले तेश्रो स्थानमा चित्त बुझायो ।
मध्यपुर थिमीस्थित लाय्कु दरबारमा भएको प्रतियोगिताअन्तर्गत कुमुतेको पुरुषमा भक्तपुरका सरिश शर्मा तथा महिलामा स्वयम्भूकी प्रास्ना थापा उत्कृष्ट खेलाडी चुनिए । काताको पुरुषमा सोतोकानका प्रदीप राई तथा महिलामा इचंगुकी सविना श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भए ।
विजेतालाई पूर्व उद्योग मन्त्री महेश बस्नेत, मध्यपुर थिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठ, न्यातपोल क्लासिकका प्रोप्राइटर विष्णु श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कार वितरण गरे ।
सो अवसरमा नेपाल सोबुकान सितोरियो करातेका नयाँ प्रमुख प्रशिक्षक सजन श्रेष्ठलाई सम्मान गरिएको थियो । एकदिने प्रतियोगितामा विभिन्न ६ जिल्लासहित २६ टिमका २ सय ९२ खेलाडीले विभिन्न २० स्पर्धामा प्रतिस्पर्धा गरेको प्रतियोगिता संयोजक सनिश श्रेष्ठले जनाएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/07/Sherbahadur-Deuba-1-1.jpg?resize=200%2C200)
सभापति देउवाले विश्वासको मत दिँदा दिएको अभिव्यक्ति
शेरबहादुर देउवा, सभापति एवं नेता संसदीय दल, नेपाली कांग्रेस![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/07/Sudarshan-Thapaliya.jpg?resize=200%2C200)
यसमा तपाइको मत