जेठपछि भित्रिएका तीनपाङ्ग्रे सवारीलाई निषेध

चितवन । चितवनको भरतपुर महानगरपालिकाले यातायात व्यवस्थापनमा समस्या देखिएपछि गएको जेठयता भित्रिएका तीन पाङ्ग्रे सवारीलाई चक्रपथमा निषेध गर्ने निर्णय गरेको छ ।

वीरगञ्ज यातायात अञ्चल कार्यालयबाट अनुमति लिई गएको जेठदेखि चितवनमा सञ्चालनमा आएको तीनपाङ्ग्रे सवारीलाई आगामी असोज १ गतेदेखि लागू हुने गरी रिङरोडमा निषेध गर्ने निर्णय भएको महानगरपालिकाका कार्यकारी अधिकृत प्रेमराज जोशीले जानकारी दिए ।

निर्णय अटेर गर्नेलाई सामान जफत गरी कारबाही गर्ने चेतावनीसमेत दिइएको छ । असोज १ गतेसम्म सूचनामार्फत सबैलाई जानकारी गराउने नगरपालिकाको योजना छ ।

Published : Sunday, 2017 September 10, 6:14 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया