प्यूठानको बड्डाँडा प्रहरी चौकीमा किशोरी भूत बनेर आएपछि…

प्युठान । शनिबार राति करिव ११ बजेको समय । प्रहरी हवलदार नुमबहादुर केसीलाई अचानक पेट दुख्यो । उनी ट्वाइलेट गए ।

ट्वाइलेटको छेउमा रहेको हुलाकको बाहिर एक १४–१५ वर्षीया किशोरी सेतो पहिरनमा बसिरहेकी थिइन् । हुलाक कार्यालय प्रहरी कार्यालयको परिसर नजिकैको दुरीमा छ ।

प्यूठान सरुमारानी– ४ स्थित अस्थायी प्रहरी चौकी बड्डाडाका हवाल्दार केसीले सोधे ‘तपाईं को हो ? कहाबाट आउनुभो ?’, उनले सोध । ‘म भालुबाङबाट लामाचौर जान लागेकी अलपत्र परे फोन दिनुन फोन गर्छु’, ती किश्वरीले जवाफ फर्काइन ।

हवल्दारसँग फोन थिएन उनले भने मसंग फोन छैन नानी एक छिनपछि है । अनि ट्वाइलेट गरेर अफिस कोठामा आएर प्रहरी जवानलाई एक जना बहिनी अलपत्र अबस्थामा छिन जाउ त भाइ फोन गराउ भनेपछि प्रहरी ती किशोरी भएको ठाउँमा पुगे ।

त्यस्तै ५–७ मिनेट कुरा भए छ . प्रहरीले सोधे छन् ? कहाँ बाट आएको ? ती किशोरीले भनेछिन बडडाँडा साथीलाई भेट्न आएको फोन गर्छु मुबाइल दिनु न ।

प्रहरीले फोन दिएपछि उनले डायल गरेछिन फोन स्वीइचअफ भनेछ ।प्रहरी अफिस फर्किए । असईसँग रिपोटिङ गरे ।

असईले हामी सबै जाउँ र यहाँ राख्न भएन को हो ? देबीस्थान पठाइदिउँ भनेर त्यति कुरा गरेर ती किशोरी भएतर्फ जाँदा जम्म ३ मिनेट समय मात्र बितेको थियो ।

उक्त स्थानमा प्रहरी फेरि जांदा अपरिचित केटी थिइनन् । प्रहरी रातको २ बजेसम्म ती किशोरीको खोजी कार्यमा लाग्यो ।

तर, ती नानी भेटिएन् ि। अस्थाइ प्रहरी पोष्ट बडडाँडाको प्रहरी हैरान परेको छ ।यसरी ती किशोरी एकाएक गायब भएपछि यो घटनाले पूरै बडडाँडामा चर्चा पाएको छ ।

अझ अचम्म त के भने ती किशोरीले डायल गरेको नम्बर समेत मोबाइलमा थिएन । हवलदार नुमबहादुर केसीले भनेका छन् ।

Published : Sunday, 2017 September 10, 10:40 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया