‘कार्यतालिका अनुसार प्रदेश र संसदको निर्वाचन’

नवलपरासी । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले मुलुक यतिबेला निर्वाचनमय भएको बताएका छन् ।

नवलपरासीको बर्दघाटमा शनिबार साँझ पत्रकारसँग कुराकानी गर्दै मन्त्री बस्नेतले प्रदेश नं २ को निर्वाचनलगत्तै प्रदेशसभा र प्रतिनिधिसभाका लागि कार्यतालिका अनुसार निर्वाचन हुने बताए ।

सरकारका प्रवक्तासमेत रहेका मन्त्री बस्नेतले स्थानीय तहको निर्वाचनपछि देश संघीयतामा गइसकेको बताए ।

तराईका जिल्लामा आएको बाढी पहिरोको विषयमा मन्त्री बस्नेतले प्राकृतिक प्रकोपलाई व्यवस्थापन गर्ने विपत् व्यवस्थापन ऐन छिट्टै व्यवस्थापिका–संसद्मा प्रवेश गराउने बताए ।

Published : Sunday, 2017 September 10, 9:05 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया