आफै सडक सफाइ गर्दै डिआइजी सर्वेन्द्र खनाल

काठमाडौं । चक्रपथ क्षेत्रमा चल्ने सवारीसाधनलाई व्यवस्थित बनाउन बसुन्धरादेखि बालाजुसम्मको सडकमा सरसफाइ गरिएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा, सडक विभाग, काठमाडौं महानगरपालिकालगायत विभिन्न संघ संस्थाको आयोजनामा शनिबार बिहान सरसफाइ गरिएको हो ।

सरसफाइको क्रममा महाशाखा, विभाग, महानगरपालिकालगायतका संघ संस्थाले सडकको किनारामा अवैधरुपमा सञ्चालन गरेका घरटहरा हटाउने, माटोको ढिस्का हटाउने, झाडी हटाउने, ट्राफिक संकेत राख्ने, बस बिसौनीको व्यवस्थालगायतका कार्य गरेका छन् ।

महाशाखाका प्रमुख सर्वेन्द्र खनालले सुन्दर र हराभरा चक्रपथ क्षेत्र निर्माण गर्नका लागि महाशाखाले विभिन्न संघ संस्थाको सहयोगमा तीन हप्तादेखि चक्रपथ सफाइ अभियान तीव्रताका साथ सञ्चालन गरेको जानकारी दिए ।

उनले सुरुको समयमा महाराजगञ्जदेखि कलंकीसम्म सरसफाइ गरिने र त्यसपछि काठमाडौंमा भित्री सडकमा सञ्चालन गरिने बताए ।

महाशाखाले नजिकिँदै गरेको चाडपर्वलाई ध्यानमा राखी उपत्यका भित्रिने र उपत्यकाबाट बाहिरिने मुख्य नाका कलंकी क्षेत्रमा सरसफाइ गर्ने तथा जथाभावी रोकेर यात्रु चढाउने तथा ओराल्ने सवारी साधनमाथि विशेष निगरानी गर्ने भएको छ ।

Published : Saturday, 2017 September 9, 3:49 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया