मधेसी जनताले एमालेलाई भोट दिँदैनन् : प्रचण्ड

कलैया । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेले मधेसमा मत माग्ने नैतिक धरातल गुमाई सकेको आरोप लगाएका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपाल बारा शाखाले कलैयामा आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष प्रचण्डले एमालेलाई मधेसी जनताले मत दिन नहुने बताए ।

उनले भने, ‘एमालेलाई मधेसमा मत माग्ने कुनै अधिकार छैन । एमालेसँग मधेसी जनता रिसाएका छन् ।’ अध्यक्ष दाहालले मधेसमा एमालेले सबै गुमाईसकेको बताए ।

यो पटकको निर्वाचनमा मधेसी जनताले एमालेलाई मतदान गर्दै नगर्ने उनको भनाइ थियो । मधेस विरोधी अभिव्यक्ति दिँदै आएका अध्यक्ष केपी ओलीका कारण मधेसका जनता एमालेप्रति रुष्ट रहेको अध्यक्ष दाहालले बताए ।

माओवादी अध्यक्ष दाहालले निर्वाचनअघि सरकार परिवर्तन असभम्वरहेको बताए । दाहालले भने, ‘कांग्रेससँगको अहिलेको गठबन्धन दीकर्घकालीन बनाउने तयारीमा छौँ ।’

अध्यक्ष दाहालले भने, ‘यसपटक सोँचेअनुसार चुनावी तालमेल हुन सकेन । तर, राष्ट्रको आवश्यकताअनुसार कांग्रेससँगको गठबन्धन अझै लम्ब्याउनु जरुरी छ ।’

संविधान संशोधनमा सहयोग नगर्नु एमालेको गल्ती भएको दाहालले टिप्पणी थियो । प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणका क्रममा संविधान संशोधनका विषयमा बोलेको कुराको बचाउ गर्दै उनले भने, ‘संविधान संशोधनको विरुद्धमा कोही पनि जान हुँदैन ।’

Published : Saturday, 2017 September 9, 2:46 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया