बारामा श्रृङ्खलाबद्ध बम विष्फोट, प्रहरी सर्तक
![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2017/09/saket-bom.jpg?resize=723%2C375)
बारा । स्थानीय तहको निर्वाचन मिति नजिकिँदै गर्दा मध्य तराईका विभिन्न जिल्लाहरूमा अज्ञात समूहले बम विष्फोटका गतिविधिलाई तीब्र बनाएको छ ।
यसैक्रममा बारा जिल्लाका विभिन्न तीन स्थानमा अपरिचित समूहले श्रृङ्खलाबद्ध बम विष्फोट गराएको स्रोतले जनाएको छ । अपरिचित समूहले शनिबार बिहान ३ बजे कलैया उपमहानगरपालिका वडा नं. २३ को बखुइ बुथ केन्द्रमा बम विष्फोट भएको हो ।
जितपुर–सिमरा उपमहानगरपालिका वडा नं. १६ को काञ्जिया बुथ केन्द्रमा पनि शुक्रबार राति १० बजे अपरिचित समूहले बम विष्फोट गराएको छ ।
निजगढ नगरपालिकाको बजार क्षेत्रमा पनि शुक्रबार राति ९ बजे बम विष्फोट भएको छ । विष्फोटबाट कुनै पनि क्षति भएको छैन ।
बारा जिल्लामा भएका श्रृङ्खलाबद्ध भएका बम विष्फोटको कसैले पनि जिम्मेवारी लिएको छैन । बम विष्फोटबाट स्थानीयमा आतंक मच्चिएको स्थानीयहरूले बताए ।
प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकर्ताले बम विष्फोट गराएको हुन सक्ने अनुमान गरेको छ ।
बारा प्रहरीले उछृङखल गतिविधि गर्ने तथा बम विष्फोट गराउने समूहको खोजतलास भइरहेको भन्दै दोषीलाई हदैसम्मको कारबाही गर्ने चेतावनी दिएको छ ।
उता, प्रहरीले नेकपा रौतहटका जिल्ला सदस्य कारसाङ जिम्बाको घरमा खानतलासी गरेको छ । शुक्रबार राति पुगेको प्रहरीले जिम्बाको घरमा छापामारेको नेकपा रौतहटका जिल्ला इञ्चार्ज विजयलाल सिंहले जानकारी दिनुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/07/Sherbahadur-Deuba-1-1.jpg?resize=200%2C200)
सभापति देउवाले विश्वासको मत दिँदा दिएको अभिव्यक्ति
शेरबहादुर देउवा, सभापति एवं नेता संसदीय दल, नेपाली कांग्रेस![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/07/Sudarshan-Thapaliya.jpg?resize=200%2C200)
यसमा तपाइको मत