एघार वर्षीया किशोरीलाई जंगलमा लगेर…

हेटौँडा । मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिकामा ११ वर्षीया कालिका के.सी. (नाम परिवर्तन)लाई जंगलमा लगेर बलात्कार गर्ने श्रीराम कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
भदौ ३ गते अपरान्ह साढे चार बजे हेटौँडा बस्ने ११ वर्षीया कालिकालाई मोटरसाईकलमा आएका २९ वर्षीय कार्कीले म.म. खाने बहाना बनाइ जंगलमा लगेर बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
कार्कीले ती किशोरीलाई हेटौँडा उपमहानगरपालिका १५ को जंगलमा बलात्कार गरी फरार भएका थिए । पीडित किशोरीको उजुरीका आधारमा प्रहरीले खोजतलास गर्ने क्रममा भदौ २२ गते बिहसबार कार्कीलाई पक्राउ गरेको जनाएको छ ।
कार्की ईन्द्ररोवर गाउँपालिका ८ घर भई हाल हेटौडा उपमहानगरपालिका ९ लामसुरेमा बस्दै आएका छन् । कार्कीलाई ना.२५ प ६३८३ नं. को रातो–कालो पल्सर मोटरसाईकलसहित पानी ट्याङकीबाट नियन्त्रणमा लिइएको प्रहरी भनाइ छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

गृहमन्त्रीका एक वर्ष : नीतिगत र कानूनी सुधारमा व्यापकता
शेरबहादुर सिंह
कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
यसमा तपाइको मत