क्वाटरफाईनल समिकरण पूरा

काठमाडौं । जेष्ट ब्याडमिन्टन एकेडेमीको आयोजनामा काठमाडौंमा जारी दोश्रो जेष्ट खुल्ला ब्याडमिन्टन प्रतियोगितामा क्वाटरफाईनल समिकरण पुरा भएको छ ।

बुधबार सम्पन्न प्रतियोगिताको पुरुष एकल तर्फ नेपाल नम्बर एक खेलाडी सेनाका रत्नजित तामाङ्ग अन्तिम सो¥हमा प्रवेश गरेका छन् । उनले एपिएफका विजित थापा मगरलाई २१–९, २१–४ ले पराजित गर्दै क्वाटरमा प्रवेश गरेका हुन् ।

यस्तै अन्तिम सोह्रमा प्रवेश गर्ने अन्यमा एपिएफका सुदीप सेंढाई र साजन कृष्ण ताम्राकार, पुलिसका बिष्णु कटुवाल र दिपेश धामी, कम्प्लिट हेल्थ क्लबका जीवन आचार्य, सेनाका नविन श्रेष्ठ र कैलालीका संजीव खड्का रहेका छन् ।

एपिएफका सेंढाईले पुलिसका गौतम कठायतलाई २१–१४, २१–१५ र साजनले शेर्पा ट्रेड्सका प्रिन्स दाहाललाई २१–१७, २१–१६ले, पुलिसका बिष्णुले शेर्पा ट्रेड्सका सुनिल जोशीलाई २१–१४, १३–२१ र २२–२०, दिपेशले एपिएफका सुमन लिम्बुलाई २१–१५, २१–१२ले पराजित गर्दै क्वाटरफाईनल प्रवेश गरे ।

यस्तै कम्प्लिट हेल्थ क्लबमा जविनले पुलिसका दीपक बोहरालाई २२–२०, २१–१९ले, सेनाका नविनले कम्प्लिटका निर विक्रम देवकोटालाई २१–१४, १७–२१ र २१–९ले तथा कैलालीका संजीव खड्काले २१–१३, २१–१६ले पराजित गर्दै अन्तिम सो¥हमा स्थान बनाउन सफल भए ।

एकेडेमीको बशुन्धारास्थित आफ्नै प्राङ्गणमा आयोजना भएको प्रतियोगिताको पुरुष जोडी तर्फको खेलमा एपिएफका विशाल प्रधान र विमल श्रेष्ठको जोडीले तीन चुलिका थोप्तेन शेर्पा र दिपु मगरको जोडीलाई २१–१५, २१–८ले पराजित गर्दै क्वाटरफाईनल यात्रा तय गरे ।

यस्तै बाग्लुङ्गका विवेक जिसी र चन्द्र कुमार खापुङ्गको जोडीले टोखाका राजीव श्रेष्ठ र बुद्ध श्रेष्ठको जोडीलाई २१–१०, २१–११ले, सेनाका सुरोज महर्जन र प्रफुल महर्जनको जोडीले जेष्टका राम बानिया र रोमन बानियाको जोडीलाई २१–१५, २१–१५ले, जेष्टका रुपक थिङ्ग र अखिल श्रेष्ठको जोडीले ललितपुरका ससिन डङ्गोल र दिपेश शाक्यको जोडीलाई १२–२१, २१–१६ र २२–२०ले, सेनाका पविन लिनथेप र रुकेश महर्जनको जोडीले जी ४ का आकाश छन्त्याल र गणेश छन्त्यालका २१–१७, २१–११ले, एपिएफका ईन्द्र महता र पुलिसका गौतम कठायतको जोडीले आयोजक जेष्टका विराट पराजुली थापा र सम्राट पराजुली थापाको जोडीलाई २१–८, २१–१३ले, गंगटाका रेशम पुन र राजकुमार पोखरेलको जोडीले ललितपुरका प्रदीप महर्जन र विकास महर्जनको जोडीलाई २१–१०, २१–१७ले र सेनाका दिलेन्द्र पुन र विशाल खड्काको जोडीले कास्कीका भुगोल गुरुङ्ग र विशाल खड्काको जोडीलाई २१–१८, १७–२१ र २१–१५को जोडीलाई पराजिगत गर्दै क्वाटरफाईनलमा प्रवेश गर्न सफल भए ।

महिला एकल तर्फ सेनाका नेपाल नम्बर एक नङ्गशल देवी तामाङ्ग, रशिला महर्जन, अनुमाया राई र अमिता गिरी पनि आआफ्ना प्रतिद्वन्दिलाई पाखा लगाउंदै अन्तिम सोह्रमा प्रवेश गरे । यस्तै अन्तिम सोह्र प्रवेश गर्ने अन्यमा एसएससी विराटनगरकी निता लम्साल, कास्कीकी पुनम गुरुङ्ग, आयोजककी जेशिका गुरुङ्ग र भोजपुरकी सिता राई रहेका छन् ।

प्रतियोगितको दोश्रो दिन भएको यु–१७ ब्वाईज तर्फ शेर्पा ट्रेड्सका प्रिन्स दाहाल, सेनाका विशाल खड्का, पविन लिनथेप, रुकेश महर्जन र प्रफुल महर्जन, नेपालगंज ब्याडमिन्टन क्लबका सहरोज अन्सारी र शिव थापा तथा आयोजक जेष्ट ब्याडमिन्टन एकेडेमीका सियोन पेन्जोर केम्पे पनि अन्तिम सोह्रमा प्रवेश गरेका छन् ।

Published : Thursday, 2017 September 7, 5:27 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया